7 years ago
March 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा यो नेपालको दोस्रो हार हो भने स्कटल्यान्डको यो तेस्रो लगातार जित हो ।
स्कटल्यान्डको जितमा ओपनर तथा कप्तान कायल कोट्जर नायक रहे । उनले १ सय ३६ बलमा ८८ रनको समझदारीपूर्ण ब्याटिङ गरेका थिए । लयमा रहेका क्यालम मिक्लोयड आज १५ रनमै आउट भए भने मध्यक्रमका क्रेग वालेसले १७ रनको पारी खेलेका थिए । नेपालका लागि बलिङ तर्फ सन्दिप लामिछाने र वसन्त रेग्मीले दुई दुई विकेट लिए । नेपालको बलिङ पहिलो खेलमा भन्दा सुधारिएको देखिए पनि लक्ष्य कम भएको कारण स्कटल्यान्डले ६ विकेटको क्षतिमा ५१ बल बाकिं रहँदै १ सय ५० रनको लक्ष्य पुरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४९ रन जोडेको थियो । नेपालको ब्याटिङ आज निकै फितलो देखियो । नेपालका शीर्षक्रमका ब्याट्सम्यानमध्ये कप्तान पारस खड्का मात्र क्रिजमा टिक्न सके । ७५ बलमा ९ चौकाको मद्दतले पारसले ६३ रन जोडेका थिए । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिप नाथ तेस्रो ओभरभित्रै पभेलियन फर्केका थिए । ज्ञानेन्द्रले १ रन बनाए भने दिलिपले ४ रन जोडेका थिए । त्यस्तै दिपेन्द्र ऐरी १ रन, शरद भेषावकर शुन्य र आरिफ शेख २ रन बनाएर आउट भए ।
सोमपाल कामीले १८ रन, सन्दिप लामिछानेले ६ रन र रोहित पौडेलले १५ रन जोड्दै नेपालको पारीलाई केही राहत दिएका थिए । अन्त्यमा वसन्त रेग्मीले महत्त्वपूर्ण २२ रन जोड्दै स्कटल्यान्डलाई १ सय ५० को लक्ष्य दिन सहयोग दिएका थिए । स्कटल्यान्डका लागि स्टुवर्ट विटिङह्यामले ३ विकेट लिएका थिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]