default_image

7 years ago

March 8, 2018

नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै 

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दै छ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ ।
पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को तर्फ स्कटल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्‍यो भने दोस्रो खेलमा हङकङमाथि जित दर्ता गर्न सफल रह्यो । यसअघि नेपालले स्कटल्यान्डको तीन पटक सामना गर्दा तीनै पटक पराजय भोग्नु परेकोले आज नेपाली टोली स्कटल्यान्ड विरुद्ध तथा प्रतियोगितामा पहिलो जित दर्ता गर्ने दाउमा रहनेछ ।
अर्को तर्फ तेस्रो लगातार जित हांसिल गर्दै स्कटल्यान्डले विश्वकप प्रवेशमा आफ्नो दाबेदारी बलियो बनाउन खोज्ने छ । स्कटल्यान्डका लागि टप अर्डर ब्याट्सम्यान क्यालम मिक्लोयड अहिले लयमा छन् । अफगानिस्तानविरुद्धको पहिलो खेलमा उनले १ सय ५७ रनको शानदार पारी खेलका थिए । त्यस्तै ओपनर तथा कप्तान कायल कोट्जरले हङकङ विरुद्धको दोस्रो खेलमा ४१ रनको समझदारीपूर्ण पारी खेल्दै टोलीलाई जिततर्फ डोर्‍याएका थिए ।
नेपाललाई जितको आशाका लागि कोट्जर र मिक्लोयडलाई क्रिजमा जम्न दिनु हुँदैन । जोम्बावेविरुद्ध करण केसीको स्थानमा पहिलो खेल खेलेका ललित नारायण राजवंशीले आफ्नो स्थान सुरक्षित गर्ने देखिएको छ । जिम्बावेविरुद्ध ब्याटिङ पनि सन्तोषजनक देखिएकाले फेरबदलको सम्भावना निकै कम छ । त्यस्तै सामान्यतया कसिलो रहने नेपाली बलिङ पहिलो खेलमा निकै महँगो सावित भएको थियो । नेपाली बलरहरुले आज आफ्नो पुरानै लय समात्न आवश्यक छ । नेपाल केही बेरमा ब्याटिङ गर्न उत्रिने छ । खेल १.१५ बजे सुरु हुने छ ।

September 17, 2024

नामिबिया घरमै अमेरिकासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबियामाथि ६ विकेटको जित हात पारेको छ । नामिबियाले विन्डोहकमा दिएको २ सय रनको लक्ष्य अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाको जितमा कप्तान मोनांक पटेलले ८२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७२ रन बनाए । साइतेजा मुककामल्ला […]

September 17, 2024

क्यानडाद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीले नेपाललाई जितका लागि २ सय ५४ रनको बलियो लक्ष्य दिएको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुन: एकपटक […]

September 17, 2024

ललितलाई व्यक्तिगत दोस्रो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा सिरिजको पहिलो खेलमा नेपालका ललित राजवंशीले व्यक्तिगत दोस्रो सफलता दिलाएका छन् । ललितले ४४औं ओभरको पहिलो बलमा ३० रन बनाएर आक्रामक ब्याटिङ गरिरहेका डेलिन हेलिगरलाई आउट गराए । उनी २७ बल खेल्दै कुशल भुर्तेलबाट क्याच आउट भएका हुन् । क्यानडाले अहिले ४४ ओभरको समाप्तीमा […]

Success

Thank you for your time.