default_image

7 years ago

March 8, 2018

पहिलो जितको खोजीमा रहेको नेपाल आज अपराजित स्कटल्यान्डसँग भिड्दै

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्ने छ । नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को तर्फ स्कटल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्‍यो भने दोस्रो खेलमा हङकङमाथि जित दर्ता गर्न सफल रह्यो । यसअघि नेपालले स्कटल्यान्डको तीन पटक सामना गर्दा तीनै पटक पराजय भोग्नु परेकोले आज नेपाली टोली स्कटल्यान्ड विरुद्ध तथा प्रतियोगितामा पहिलो जित दर्ता गर्ने दाउमा रहनेछ ।

अर्को तर्फ तेस्रो लगातार जित हांसिल गर्दै स्कटल्यान्डले विश्वकप प्रवेशमा आफ्नो दाबेदारी बलियो बनाउन खोज्ने छ । स्कटल्यान्डका लागि टप अर्डर ब्याट्सम्यान क्यालम मिक्लोयड अहिले लयमा छन् । अफगानिस्तानविरुद्धको पहिलो खेलमा उनले १ सय ५७ रनको शानदार पारी खेलका थिए । त्यस्तै ओपनर तथा कप्तान कायल कोट्जरले हङकङ विरुद्धको दोस्रो खेलमा ४१ रनको समझदारीपूर्ण पारी खेल्दै टोलीलाई जिततर्फ डोर्‍याएका थिए । नेपाललाई जितको आशाका लागि कोट्जर र मिक्लोयडलाई क्रिजमा जम्न दिनु हुँदैन ।

जोम्बावेविरुद्ध करण केसीको स्थानमा पहिलो खेल खेलेका ललित नारायण राजवंशीले आफ्नो स्थान सुरक्षित गर्ने देखिएको छ । जिम्बावेविरुद्ध ब्याटिङ पनि सन्तोषजनक देखिएकाले फेरबदलको सम्भावना निकै कम छ । त्यस्तै सामान्यतया कसिलो रहने नेपाली बलिङ पहिलो खेलमा निकै महँगो सावित भएको थियो । नेपाली बलरहरुले आज आफ्नो पुरानै लय समात्न आवश्यक छ । खेल आज दिउसो १.१५ बजे सुरु हुने छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.