7 years ago
March 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।
आयोजक युनिभर्सिटी क्रिकेट क्लबले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा १६ कलेजले सहभागिता जनाउने प्रतियोगिताका निर्देशक सुदिप शर्माले जानकारी गराए । नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहका विजेताले उपाधिका लागि खेल्नेछन् ।
प्रतियोगितामा गोल्डेनगेट कलेज, त्रिभुवन विश्व विद्यालय ‘ए’, त्रिभुवन विश्व विद्यालय ‘बी’, सेन्ट जेभियर कलेज, कसमस कलेज, नेपाल कमर्श क्याम्पस, डिएभी कलेज, ट्रिटन कलेज, शंकरदेव कलेज, क्यारिविन कलेज, ओमेघा कलेज, युनिग्लोब कलेज, के एण्ड के कलेज, न्यु समिट कलेज, बन कलेज र जनता उच्च मावि रहेका छन् ।
प्रतियोगितालाई गोल्डेनगेट इन्टरनेशनल कलेजले मुख्य प्रायोजन गरेको छ । प्रयोजनवापत कलेजले प्रतियोगितालाई पाँच लाख रुपैया उपलब्ध गराउनेछ । गोल्डेनगेट कलेजका सिइओ रमेश सिलवालले नयाँ खेलाडीहरुले पनि मौका पाउन् भनेर यस प्रतियोगितालाई प्रायोजन गरिएको बताए ।प्रतियोगितालाई मोडल ग्लोबल भिसा कन्सलटेन्सी र मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि सहयोग गरेका छन् ।
प्रतियोगिताको विजेताले २ लाख रुपैया प्राप्त गर्नेछन् । दोस्रो हुने टिमले १ लाख रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछ । बेष्ट बलर र ब्याट्सम्यानले जनही १० हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले एक्सटेपको पाँच हजार बराबरको जुत्ता र नेपाल टेलिकमले १ हजार रुपैया उपलब्ध गराउनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव ३० लाख खर्च हुने आयोजकले जनाएको छ ।
फागुन २५ गतेबाट चैत ३ गतेसम्म आठ दिनसम्म चल्ने प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करणमा नेपाल कमर्श क्याम्पस विजेता तथा शंकरदेव क्याम्पस उपविजेता बनेको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]