default_image

9 years ago

August 25, 2015

मलेसिया जांदै युवा क्रिकेट टिम

196 views

0 Bookmark

नेपाली युवा टोली एसिसी यू–१९ प्रिमियर ट्रफी खेल्न बुधबार मलेसिया जादैछ । ६ देशको सहभागितामा प्रतियोगिता शुक्रबार सुरु हुनेछ ।

मलेसिया जांदै युवा क्रिकेट टिम

मलेसिया जांदै युवा क्रिकेट टिम

होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खेलाडीलाई शुभकामना दिदै मंगलबार विदाइ गरे ।
सचिव शर्माले खेलाडीलाई बढी उत्साहि वा निराश नभइकन खेल्न सुझाव दिए । ‘क्रिकेट अनिश्चिताको खेल हो । तर यसमा अन्तिम सम्म प्रयास गर्नुपर्छ,’ उनले भने,‘ खेलमा हार जित स्वभाविक हो । खेलाडीले आफ्नो तर्फबाट पुरा प्रयास गर्नुपर्छ ।’ कार्यक्रममा राष्ट्रिय युवा टोलीका प्रशिक्षक जगट टमाटाले उच्च प्रदर्शनको अपेक्षासहित मलेसिया जान लागेको बताए ।
‘हामी मानसिक र शारीरिक रुपमा पूर्ण रुपमा तयार छौं,’ उलने भने,‘ हामीसाग अलराउन्ड खेलाडी पर्याप्त छन् । त्यसैले पनि अलराउन्ड बेसिसमा प्रदर्शन गर्ने हाम्रो प्रयास हुनेछ । उपाधि जित्ने प्रयासका साथ खेल्नेछौं । सबै खेल फाइनल सम्झेर खेल्नेछौं । ’
प्रशिक्षकको भनाइमा सहमति जनाउादै कप्तान राजु रिजालले भने,‘ खेलाडीले धेरै मेहनत गरेका छन् । हामीबाट अपेक्षा पनि धेरै गरिएको छ । देशका लागि जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्नेमा सबै खेलाडी सचेत छन् ।’
नेपालले शुक्रबार पहिलो खेलमा युएइको सामना गर्नेछ ।

नेपाली यू– १९ क्रिकेट टोली टोली

राजु रिजाल (कप्तान), आरिफ शेख, दीपेश श्रेष्ठ, सौरभ खनाल, प्रेम तामाङ, शुसिल कडेल, दीपेन्द्र ऐरी, सुनिल धमला, शंकर राना, योगेन्द्रसिंह कार्की, सन्दीप सुनार, राजवीर सिंह, ललितनारायण राजवंशी, आशिष धामी , जगत टमाटा (प्रशिक्षक),श्रील भगत (फिजियो), अनुप थापा (व्यवस्थापक)

नेपालको खेल

विरुद्ध युएइ अगस्ट २८
विरुद्ध अफगानिस्तान अगस्ट २९
विरुद्ध मलेसिया अगस्ट ३१
विरुद्ध कुवेत सेप्टेम्बर १
विरुद्ध साउदी अरेबिया सेप्टेम्बर ३

February 10, 2025

म्याथ्यु बने ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने ब्याटर

एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]

February 10, 2025

विलियम्सनको शतकमा न्युजिल्याण्डको सानदार जित

एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]

February 10, 2025

विवेक अर्जुन ट्रफीका सर्वोत्कृष्ट खेलाडी

धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]

Success

Thank you for your time.