default_image

7 years ago

March 4, 2018

सिद्धार्थ निष्ट लिटिल फ्लावर प्रिमियर लिग च्याम्पियन

74 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढीको सिद्धार्थ सिसु सदनले निष्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधि जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आइतबार कञ्चनपुरको लिटिल बुद्धमाथि ९ विकेटको जित हासिल गर्दै सिद्धार्थ च्याम्पियन बनेको हो । सिद्धार्थले ५० हजार र लिटिल वुद्धले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरको लिटिल बुद्धले निर्धारित २० ओभरको खेलमा १७.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन मात्र बनायो । रमेश भट्टले १५ र भीम सार्कीले १४ रन बनाए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । लिटिल बुद्धलाई कम रनमै समेट्ने क्रममा सिद्धार्थका लागि दिपेन्द्र थापा र किरण ठगुन्नाले समान २ विकेट लिएका थिए ।

७८ रन विजय लक्ष्य लिएर मैदान ओर्लेको सिद्धार्थले १०.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । सहज जितका लागि किरण ठगुन्नाले अर्धशतकिय पारी खेले । किरणले ५४ रन बनाए । दिपेन्द्र थापाले २० रन जोडे । लिटिल बुद्धका लागि विकास आग्रीले एक विकेट लिए । सिद्धार्थ सिसुका दीपेन्द्र थापा म्यान अफ दी सिरिज चुनिए भने लिटिल बुद्धका रमेश भट्ट उत्कृष्ट ब्याट्सम्यान, सिद्धार्थका खड्ग बोहोरा उत्कृष्ट बलर घोषित भए ।

धनगढीको लिटिल फ्लावर ईङलिस स्कुलको आयोजना र निष्ट कलेजको प्रायोजनमा फागुन १५ गतेदेखि सुरु भएको थियो । विजेता टोलीका खेलाडीलाई निष्ट कलेजका संस्थापक प्रिन्सिपल तथा निष्ट फाउण्डेसनका अध्यक्ष डाक्टर माधव प्रसाद वरालले पुरस्कार वितरण गरे । प्रतियोगिताको अर्को तेस्रो संस्करणको नगद पुरस्कार राशी वढाउने र विद्यालय स्तरीय क्रिकेट प्रतियोगितालाई अझ उत्कृष्ट रुपमा आयोजना गर्ने प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले बताए ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.