default_image

7 years ago

March 4, 2018

जिम्बावे विरुद्ध आरिफको अर्धशतक

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –विश्वकप छनोट चरण अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याई रहेको नेपाली टोलीका लागि आरिफ शेखलेपनि अर्धशतक पुरा गरेका छन् ।

Aarif

फाइल तस्बिर

यसअघि शरद भेषावकर ५२ रन बनाउँदै आउट भएपछि यस खेलमा ५० रन पुरा गर्ने आरिफ दोस्रो नेपाली ब्याट्सम्यान बनेका हुन् । उनले ५८ बलको सामना गर्दै ५ चौका प्रहार गरे । लिस्ट ए क्रिकेटमा आरिफको यो सर्वाधिक रन हो । यसअघि केन्यासँग बनाएको ४२ रन उनको व्यक्तिगत सर्वाधिक रन थियो ।

उनलाई क्रिजमा सोमपाल कामीले २ रनमा साथ दिंदै छन् । नेपालले हाल ४७ ओभरको अन्त्यसम्म ६ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको छ ।

नेपालका लागि ओपनर दीलिप नाथ सस्तैमा आउट भएपनि कप्तान पारस खड्का ४२ बलमा ४० रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३२ रन बनाए भने दीपेन्द्र सिंह ऐरी २३ रनमा आउट भए । रोहित कुमार पौडेलले ३० रन बनाए ।

अपडेट : आरिफ ५० रनमा आउट भएका छन् । 

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.