default_image

7 years ago

March 4, 2018

नेपाल १ सय १६ रनले पराजित, ब्याटिङ सन्तोषजनक

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ को पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ । ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६४ रन मात्र जोड्न सक्यो ।

तस्बिर: रमन सिवाकोटी

पराजित भए बावजुद नेपालको ब्याटिङ आज सन्तोषजनक रह्यो । नेपालका लागि शरद भेषावकर र आरिफ शेखले अर्धशतकीय पारी खेले । नेपालले ओपनर दिलिप नाथलाई दुई रनमै गुमाएपनि कप्तान पारस खड्काले ४० रन र उपकप्तान ज्ञानेन्द्र मल्लले ३२ रन जोड्दै तुलात्मक रुपमा राम्रो सुरुवात दिलाए ।

दिपेन्द्र सिंह ऐरी २३ रनमा आउट भए भने भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले आज राम्रो ब्याटिङ गरे । ४८ बलमा ५२ रन जोड्दै उनले नेपाली पारीलाई गति दिएका थिए । शरदलाई आरिफ शेखले राम्रो साथ दिँदै पाँचौं विकेटका लागि यी दुईले ७३ रनको साझेदारी बनाए । आरिफले ५९ बलमा ५० रन जोड्दै धैर्यपूर्वक ब्याटिङ गरेका थिए । त्यस्तै रोहित पौडेल ३० रनमा आउट भए ।

यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ रन ८० रन बनाएको थियो । जिम्बावेका लागि मिडलअर्डर ब्याट्सम्यानद्वय बेन्डन टेलर र शिकन्दर राजा दुवैले शतकीय पारी खेले ।

जिम्बावेका दुवै ओपनरले निकै विष्फोटक सुरुवात गरेका थिए । जिम्बावेको एक समय ७ ओभरमा विना क्षति ७७ रन थियो । तर बलिङ गर्न आएको पहिलो बलमै सन्दिप लामिछानेले सेफास झुवाओलाई आउट गर्दै नेपाललाई केही राहत दिलाएका थिए । झुवाओले २३ बलमा ४१ रन जोडे भने अर्का ओपनर सोलोमन मिरेले ४१ बलमा ५२ रन जोडेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ह्यामिल्टन मासाकाड्जाले १७ रन बनाएका थिए भने क्रेग एर्भिनले ३४ रनको पारी खेले । एर्भिनलाई आज डेब्यु गरिरहेका ललित राजवंशीले आउट गरेका थिए ।

३१ औं ओभरमा २०० रन हुँदा जिम्बावेको चौथो विकेट झर्दा नेपालले खेलमा पुनरागमन गर्ने संकेत दिएको थियो । तर अनुभवी ब्याट्सम्यान ब्रेन्डन टेलर र उच्च लयमा रहेका सिकन्दर राजाको बलियो साझेदारीमा जिम्बावेले नेपाललाई विशाल लक्ष्य दिन सफल भएको थियो । राजाले ६६ बलमा ९ छक्का प्रहार गर्दै १ सय २३ रन बनाए भने टेलरले ९१ बलमा १०० रनको योग्दान दिएका थिए । राजा र टेलरलाई ४९ औं ओभरमा सोमपाल कामीले लगातार आउट गरेका थिए ।

सामान्यतया कसिलो बलिङ गर्ने नेपालका बलरहरु आज निकै खर्चिलो सावित भएका थिए । नेपालका लागि वसन्त रेग्मी र सोमपालले दुई विकेट लिए भने सन्दिप लामिछाने र ललित राजवंशीले एकएक विकेट हात पारे । नेपालले आफ्नो दोस्रो खेलमा मार्च ८ मा स्कटल्यान्डको सामना गर्ने छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.