7 years ago
March 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरण अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग लक्ष्य पछ्याई रहेको नेपाली टोलीका लागि शरद भेषावकरले अर्धशतक पुरा गरेका छन् ।
टस हारेर बलिङको निम्तो पाएको नेपाली टोलीले टेस्ट मान्यता प्राप्त जिम्बावेसँग ३ रन ८१ रनको विशाल लक्ष्य पाएको थियो । नेपालले हाल ३६ ओभरको अन्त्यसम्म ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको छ ।
शरदले ४३ बलको सामना गर्दै १ छक्का र ६ चौकाको मद्धतले ५० रन जोडेका हुन् । नेपालका लागि ओपनर दीलिप नाथ सस्तैमा आउट भएपनि कप्तान पारस खड्का ४२ बलमा ४० रन बनाए । शरदलाई हाल क्रिजमा आरिफ शेखको साथ् छ । आरिफ २२ रनमा खेल्दै छन् ।
अपडेट : शरद ५२ रनमा आउट भएका छन् ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]