default_image

7 years ago

March 4, 2018

चौथो ओभरमा जिम्बावेको ५० रन पुरा

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा आयोजक जिम्बावेसँग टस हारेर पहिले बलिङ गर्नुपरेको नेपाली टोलीविरुद्ध जिम्बावेले ४ ओभरको अन्त्यमा ५१ रन खडा गरेको छ ।

nepal vs zim

तस्बिर: क्रिस टेट्ली

इनिन्ग्सको पहिलो ओभरमा ५ डट दिएका सोमपाल कामीको तेसो बलमा भने सेफास जुवाओले छक्का प्रहार गरेका थिए । दोस्रो ओभरमा कप्तान पारस आफैँ बलिङ गर्न आउँदा उनले २ चौका र १ छक्काको सामना गर्नुपर्यो ।

तेस्रो ओभरमा नोबलमा सोमपालले फेरी छक्काको सामना गरे भने, त्यस पछिको दुई बलमा उनले २ चौका दिए । चौथो ओभरमा नेपालका भरपर्दा बलर वसन्त रेग्मीलाई उपयोग गरेपछि जिम्बावेको रनरेट केही हदसम्म सम्हालियो । वसन्तले ५ डट दिँदै १ चौका साथ् ४ रन मात्र खर्चिए ।

वसन्तले नेपाललाई विकेट नजिक पुर्याएपनि उनको बलमा लागेको एजलाई नेपाली स्लिपमा खेलाडीले डाइभ गरेपनि क्याच गर्न सकेनन ।

अपडेट

६ ओभरको समाप्तीमा जिम्बावे ६७, बिना कुनै विकेट ।

७ ओभरको समाप्तीमा जिम्बावे ७७, बिना कुनै विकेट ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.