default_image

7 years ago

March 4, 2018

विश्वकप छनोटको पहिलो खेलमा आज नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग भिड्दै

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट २०१८ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल टेष्ट राष्ट्र जिम्बावेसँग खेल्दै छ । जिम्बावेको बुलावायोमा खेलिने सो खेल नेपाली समयअनुसार दिउसोको १.१५ बजे सुरु हुने छ ।

नेपालले हालै सम्पन्न डिभिजन-२ प्रतियोगितामा उपविजेता बन्दै विश्वकप छनोटमा स्थान सुरक्षित बनाएको हो । नेपाल विश्वकप छनोटको समूह ‘बि’मा आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङको सामना गर्ने छ । पहिलो खेलमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेको सामना गर्दै छ ।

जिम्बावेले सन् १९९२ मा टेष्ट राष्ट्रको मान्यता पाएको थियो । जिम्बावेले १९८३ देखि २०१५ को अघिल्लो विश्वकपसम्म निरन्तर सहभागिता जनाएको छ । जिम्बावे एक दिवसीय वरियतामा एघारौं स्थानमा रहँदै विश्वकप छनोटमा प्रवेश गरेको थियो ।

जिम्बावेको टोली अनुभवी रहेको छ र उसलाई घरेलु मैदानको फाइदा पनि हुने छ । तर, केहि समययता जिम्बावेलाई स्पिन बलिङ खेल्न समस्या देखिएकाले नेपालले त्यसलाई आफ्नो फाइदाको रुपमा लिन सक्छ ।

नेपालको सम्भावित ११: ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, पारस खड्का, दिपेन्द्र ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहित पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने

November 29, 2024

अर्धशतक बनाएका मयन पनि आउट

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आजबाट सुरु यु १९ एसिया कपमा अर्धशतक पूरा गरेका नेपालका ओपनर मयन यादवलाई नेपालले चौथो विकेटका रुपमा गुमाएको छ । युएईमा जारी खेलमा श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर मयन ९५ बलमा ६२ रन बनाउँदै आउट भएका हुन् । मयनले ८३ बलमा छक्काको साथ अर्धशतक पूरा गरेका […]

November 29, 2024

श्रीलंकाविरुद्ध मयनको अर्धशतक पूरा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आज सुरु भएको यु १९ एसिया कपमा नेपालका ओपनर मयन यादवले श्रीलंकाविरुद्ध अर्धशतक पूरा गरेका छन् । २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर मयनले अर्धशतक पूरा गरेका हुन् । मयनले ८३ बलमा छक्काको साथ अर्धशतक पूरा गरेका हुन् । मयनले अर्धशतक पूरा गरे लगत्तै सन्तोष यादवका रुपमा नेपालले तेस्रो […]

November 29, 2024

नेपाललाई दोस्रो झड्का, अर्जुन पनि आउट

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आज सुरु भएको यु १९ एसिया कपमा नेपाललाई श्रीलंकाविरुद्ध दोस्रो झड्का लागेको छ । २ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो नम्बरमा ब्याटिङमा आएका अर्जुन कुमाललाई गुमाएको हो । २१औं ओभरको पहिलो बलमा भिमास दिमिकाबाट आउट हुनुअघि अर्जुनले२५ बलमा १२ रन बनाए । नेपालले पहिलो विकेटका रुपमा ओपनर आकाश त्रिपाठीलाई […]

Success

Thank you for your time.