default_image

7 years ago

March 2, 2018

सीपिएलमा परेकाले सन्दिपलाई विश्वकप छनोटमा थप प्रोत्साहन?

75 views

0 Bookmark

विविध सुवेदी 

काठमाडौं – नेपालले हालै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उपविजेता बन्दै विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित पारेको  थियो । डिभिजन-२ मा नेपालका लागि नायक रहे युवा स्पिनर सन्दिप लामिछाने । सन्दिप प्रतियोगिताभरी सर्वाधिक १७ विकेट लिँदै म्यान अफ द टोर्नामेन्ट पनि घोषित भएका थिए ।

सन्दिपलाई नेपालका कप्तान पारस खड्काले महत्त्वपूर्ण हतियार स्वरुप प्रयोग गरेका थिए र सो योजना नेपालका लागि सफल पनि सावित भएको देखियो । डिभिजन-२ मा सन्दिपको बलिङमा विशेषता उनको आत्म विश्वास देखियो । १७ वर्ष उमेरका सन्दिपले आफ्नो उमेरभन्दा निकै परिपक्व प्रदर्शन गरे ।

डिभिजन-२ प्रतियोगिता सुरु हुन अघि सन्दिपलाई दिल्ली डेयरडेभिल्सले आबद्ध गर्दै आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनाए । त्यो नेपाली क्रिकेट र सन्दिप आफैँका लागि एक ऐतिहासिक क्षण थियो । दिल्ली डेयरडेभिल्सको निर्णय तथा अवसरलाई सन्दिपले आफ्नो प्रदर्शनबाट न्याय दिनु थियो । प्रतियोगितामा उनको लगातार उत्कृष्ट प्रदर्शन र उत्कृष्ट खेलाडीको ट्रफीले उनले त्यो सिद्ध गरे । एक किसिमले आइपिएल जस्तो मञ्च पाउनु सन्दिपको लागि निकै ठूलो प्रोत्साहिन थियो जुन उनको प्रदर्शनमा पनि झल्कियो ।

अब मार्च ४ देखि नेपालसामु अर्को खुड्किलो छ । नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ र यस प्रतियोगितामा पनि टोलीको महत्त्वपूर्ण सदस्यका रुपमा स्थापित भईसकेका सन्दिपको प्रदर्शन नेपालको लागि निर्णायक सावित हुन सक्छ । प्रतियोगिता सुरु हुनु ३ दिन अघि उनले थप प्रत्साहन प्राप्त गरेका छन् । उनलाई क्यारेबियन प्रिमियर लिग (सीपिएल) खेल्न सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सले आबद्ध गरेको छ ।

उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्समा विश्वका केही मानिएका हस्तीहरुसँग खेल्ने छन् । प्याट्रिएट्सको नेतृत्व विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङका लागि चिनिने क्रिस गेलले गर्ने छन् । त्यस्तै २०१६ टि-२० विश्वकप फाइनल खेलको फाइनल ओभरमा ४ छक्का प्रहार गर्दै क्रिकेट प्रशंसकहरुलाई आश्चर्यचकित पारेका कार्लोस ब्रेथवेट पनि प्याट्रियट्सबाट खेल्दै छन् । अष्ट्रेलियाका बेन कटिङ र नेदरल्यान्ड्सका टम कुपरको विश्व क्रिकेटमा अनुभव पनि प्याट्रियट्सलाई फाइदाजनक हुने देखिन्छ ।

यसरी सन्दिप विश्वकप छनोटजस्तो महत्त्वपूर्ण प्रतियोगिता अगाडी सीपिएलमा जोडिनाले उनको मनोबल पनि पक्कै उच्च भएको छ । त्यसमाथि अहिले विश्व किकेटले नै सन्दिपमाथि आफ्नो नजर राख्दा उनलाई आफ्नो व्यक्तिगत प्रदर्शनले टोलीलाई सफलता दिलाउदै आफ्नो नाम अझै स्थापित गर्ने ठूलो मौका रहनेछ ।

 

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.