7 years ago
March 1, 2018
अर्जुन कार्की
बागलुङ– बागलुङ बजारमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । बागलुङ क्रिकेट क्लबको आयोजना तथा फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको सहआयोजनामा चैत ४ देखि ११ गतेसम्म पाँचौ धौलागिरी कप तथा चैत्राष्ट्रमी टि ट्वान्टी क्रिकेट प्रतियोगिता संचालन गर्न लागिएको बागलुङ क्रिकेट क्लबका अध्यक्ष सन्दिप पन्तले जानकारी दिए ।
बागलुङको बाङ्गेचौर खेलमैदान हुने उक्त खुला प्रतियोगिता देशभरका खेलाडी तथा कुनै पनि टोलीले भाग लिन पाउने फ्युटर स्पोर्टस् क्लबका सविच फडिन्द्र खड्काले बताउनुभयो । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ पाउने प्रतियोगिताका उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता संचालनको लागि ६ लाख भन्दा केही बढी खर्च हुने आयोजकको अनुमान छ । उक्त खर्चको लागि आर्थिक सहयोग संकलन गरिने बताइएको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]