default_image

7 years ago

March 1, 2018

दोस्रो वार्म-अप खेलमा नेपालले हङकङको सामना गर्दै

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोट चरणका खेलअघि को दुई वार्म-अप खेलमध्ये आज नेपालले दोस्रो खेल खेल्दै छ । पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको नेपाली टोलीले आज दोस्रो खेलमा एक दिवसिय मान्यता पाएको हङकङको सामना गर्दैछ । खेल नेपाली समय दिउँसो १:१५ बजे सुरु हुनेछ।

Nepali Cricket Nepal Cricket

नेपालले पहिलो अभ्यास खेलमा युएई ५ विकेटले हराउँदा बलिङ तर्फ ललित भण्डारीले ४ विकेट लिएका थिए भने, ब्याटिंगमा दीपेन्द्र सिंह ऐरी (४१), शरद भेषवाकर (४१ नट आउट), आरिफ शेख (२३) र पारस खड्का (२८) ले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

हङकङ भने पहिलो अभ्यास खेलमा नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भयो । पहिलो ब्याटिङ गर्दै कप्तान बाबर हयातले ९६ बलमा ८५ रनको उत्कृष्ट पारी खेलेपनि अन्य ब्याट्सम्यानहरुले राम्रो नखेल्दा हङकङ ४१ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । बाबरले यसै सिजन नेपालमा सम्पन्न एभेरेस्ट प्रिमियर लिगमा पनि उत्कृष्ट ब्याटिङ गरेका थिए । उनलाई विराटनगर वारियार्समा साथ दिएका अन्सुमन रथले भने हिजोको खेलमा १ रन मात्र बनाए ।

डिभिजन-२ मा उपविजेता रहँदै नेपाल विश्वकप छनोटको समूह ‘बि’ मा परेको हो । समूह ‘बि’ मा नेपालले अफगानिस्तान, जिम्बावे, हङकङ र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।

विश्वकप छनोटमा रहेका १० टोली मध्ये शीर्ष दुई टोली विश्वकप छनोटमा प्रवेश गर्ने छन् । डिभिजन-२ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई नेपालले यथावत राख्दै ललित नारायण राजवंशीको रुपमा एक खेलाडी थप पनि गरेको छ । नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेल मार्च ४ मा घरेलु टोली जिम्बावेसँग खेल्ने छ ।

 

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.