default_image

7 years ago

February 28, 2018

निस्वार्थ द्रभिडले पाएको पुरस्कार पुरै लिन मानेनन्

80 views

0 Bookmark

मुम्बई (एजेन्सी) – भारतीय पूर्व क्रिकेट खेलाडी राहुल द्रभिड भारतीय यू-१९ टोलीले विश्व कपको उपाधि जित्दाका प्रशिक्षक थिए । प्रतियोगिताको विजेता टोलीका खेलाडी र प्रशिक्षकलाई बिसीसीआईले नगद सहित सम्मान गर्दा प्रशिक्षक द्रभिडले पाएको राशि घटाउन बिसीसीआई समक्ष आग्रह गरेको खुलासा बिसीसीआईले गरेको छ ।

Dravid

बिसीसीआईले मुख्य प्रशिक्षकलाई ५० लाख भारतीय रुपैंया र खेलाडीहरुलाई ३० लाख भारु सहित सम्मान गर्ने निर्णय गरेको थियो । त्यस्तै टोलीका अन्य अफिसियलहरुले २० लाख भारु पाउने निर्णय भएको थियो ।

तर भारतीय क्रिकेट बोर्डको बिसिसिआईको प्रशासन समितिका प्रमुख बिनोद राईका अनुसार द्रभिडले खेलाडी भन्दा धेरै राशि नलिने भन्दै उनले पाउने पुरस्कार कम गर्न बिसीसीआईलाई आग्रह गरेको बताए ।

राईका अनुसार द्रभिड आफुले अन्य स्टाफ भन्दा धेरै रकम नलिने आग्रह गरेपछि द्रभिड लगायत अन्य टोलीका अफिसियलहरुलाई २५ लाख दिने निर्णय बिसीसीआईले गरेको छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.