7 years ago
February 27, 2018
हरारे (एजेन्सी) – विश्व कप छनोट अघिको वर्म अप खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई २९ रनले पराजित गरेको छ । अफगानिस्तानका फास्ट बलर दलत जद्रानले २० औं ओभरको चौथो, पाँचौ र छैंटौ बलमा विकेट लिँदै ह्याट्रिक लिएपछि खेल अफगानिस्तानको पक्ष्यमा फर्केको थियो ।
टस जितेर वेस्ट इन्डिजले बलिङ रोजेपछि ३५ ओभरमा छोट्याइएको खेलमा अफगानिस्तानले ९ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । जवाफी ब्याटिंग गरको वेस्ट इन्डिज १ सय १० रनमा अल आउट भयो । जद्रानले ४ विकेट लिए भने राशिद खान र शरफुदीन असरफले २ विकेट लिए । त्यस्तै मोहम्मद नावी र शपुर जद्रानले पनि विकेट लिए । वेस्ट इन्डिजका एभिन लेविस(३६ रन) र मार्लोन स्यामुएल(३४ रन) बाहेक अन्य खेलाडीले दोहोरो अंक जोडेनन ।
त्यसअघि पहिलो ब्याटिंग गरेको अफगानिस्तानका लागि दशौँ विकेटका खेलाडी गुल्बदीन नाइबले सर्वाधिक ४८ रन बनाएका थिए ।
अफगानिस्तानले समूह ‘बि’ मा नेपाल, जिम्बावे, हंङकङ र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै वेस्ट इन्डिज समूह ‘ए’ मा रहेको छ । विश्वकप छनोटमा रहेका १० टोली मध्ये शीर्ष दुई टोली विश्वकप छनोटमा प्रवेश गर्ने छन् ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]