7 years ago
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराएको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २८ ओभर २ बलमा ओभरमा पुरा गर्न सफल रह्यो ।
नेपालका लागि आज ब्याटिङमा नायक शरद भेषावकर र दिपेन्द्र सिंह ऐरी रहे । दिपेन्द्रले ३२ बलमा ४१ रन जोडे भने शरद ४० रनमा अवजित रहे ।
नेपालको टप-अर्डर आज पनि क्रिजमा धेरैबेर जम्न सकेन । उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए भने दिलिप नाथले ४ रनको योग्दान दिए । त्यस्तै कप्तान पारस खड्काले २८ रनको पारी खेले भने अनिल शाह ११ रनमा आउट भएका थिए । शरदसँगै आरिफ शेख २३ रनमा अवजित थिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ रोज्दै युएई २८ ओभर ५ बलमा १ सय ७१ रनमा अलआउट हुने पुगेको थियो । मैदान चिसो भएका कारण खेल ढिलो सुरु भएको थियो र खेललाई २९ ओभरमा छोट्याइएको थियो ।
युएईले ५ रनमा पहिलो विकेट गुमाएको थियो । कप्तान रोहन मुस्तफा ४ रनमा आउट भएपनि अस्फक अहमद (४२) र गुलाम सबेर (३२) बीचको ६६ रनको साझेदारीको मद्धतले युएईको ब्याटिंगले लय समात्यो । नेपाली बलरहरुले युएईका शिर्षक्रमका ब्याट्सम्यानहरुलाई रोकेपनि अद्नान मुफ्ती र मुहम्मद उस्मानले विष्फोटक ब्याटिंग गर्दै युएईलाई बलियो रन तर्फ डोहोर्याए ।
मुफ्तीले २६ बलमा ३७ रन बनाए भने २० बलमा २६ रन बनाएका उस्मानलाई ललित भण्डारीले आउट गरे । अन्तिम २ ओभरमा युएईको ५ विकेट पतन भएको थियो । नेपालका लागि ललित भण्डारीले ४, करण केसीले ३ तथा ललित राजबंशीले २ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिए । करणले ३ विकेट अन्तिम ओभरमा लिएका थिए ।
January 22, 2025
सुमन अधिकारी, बुटवल जे आर क्रिकेट क्लब बुटवल भैरहवामा जारी रुपन्देही ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा बुधवार विजयी भएको छ । सन्दीप जोराको अर्धशतकमा जेआरले प्रोफेसनल माष्टर्स-११ लाई ५ विकेटले हरायो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ३७ ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन बनाएको […]
January 22, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढीमा अर्को साता सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाइसी अत्तरियाले ४ जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ । गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि भीम सार्की, विवेक यादव, साहब आलम र रसिद खानले सिवाइसी अत्तरियाबाट खेल्ने भएका हुन् । हालै […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा लगातार तेस्रो हार बेहोरेको छ । नेपाल बुधवार अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएसँगै नेपालले विश्व कपमा लगातार तेस्रो हार बेहोरेको हो । १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट […]