default_image

7 years ago

February 27, 2018

नेपाललाई १ सय ७२ रनको लक्ष्य , ललित भण्डारीको ४ विकेट

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा हुने विश्वकप छनोटको तयारी अन्तर्गतको पहिलो वर्म अप खेलमा टस जितेर ब्याटिंग रोजेको युएईले नेपाल समक्ष १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण २९ ओभरमा घटाईएको खेलमा युएईले सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएको हो । मैदान पानीका कारण भिजेकोले खेल ढिलो सुरु भएको थियो । 

lalit Nepal

तस्बिर : रमन सिवाकोटी / टिम म्यानेजर

युएईले ५ रनमा पहिलो विकेट गुमाएको थियो । कप्तान रोहन मुस्तफा ४ रनमा आउट भएपनि अस्फक अहमद(४२) र गुलाम सबेर (३२) बीचको ६६ रनको साझेदारीको मद्धतले युएईको ब्याटिंगले लय समात्यो । नेपाली बलरहरुले युएईका शिर्षक्रमका ब्याट्सम्यानहरुलाई रोकेपनि अद्नान मुफ्ती र मुहम्मद उस्मानले विष्फोटक ब्याटिंग गर्दै युएईलाई बलियो रन तर्फ डोहोर्याए । मुफ्तीले २६ बलमा ३७ रन बनाए भने २० बलमा २६ रन बनाएका उस्मानलाई ललित भण्डारीले आउट गरे  ।अन्तिम २ ओभरमा युएईको ५ विकेट पतन भएको थियो ।

नेपालका लागि ललित भण्डारीले ४, करण केसीले ३ तथा ललित राजबंशीले २ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिए । करणले ३ विकेट अन्तिम ओभरमा लिएका थिए । नेपाल केहिबेरमा ब्याटिंग गर्नेछ ।

डिभिजन-२ को फाइनल खेलमा नेपाल युएईसँगै पराजित भएको थियो । तर समूह चरणमा भने नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो । त्यसअघिका दुई खेलमा पनि युएईले जित हासिल गरेको थियो ।

डिभिजन-२ म उपविजेता रहँदै नेपाल विश्वकप छनोटको समूह ‘बि’ मा परेको छ । युएई रहेको समूह ‘ए’ भन्दा समूह ‘बि’ नै केहि सहज रहेको विश्लेषकहरुले बताएका छन् । समूह ‘बि’ मा नेपालले अफगानिस्तान, जिम्बावे, हंङकङ र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।

विश्वकप छनोटमा रहेका १० टोली मध्ये शीर्ष दुई टोली विश्वकप छनोटमा प्रवेश गर्ने छन् । डिभिजन-२ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई नेपालले यथावत राख्दै ललित नारायण राजवंशीको रुपमा एक खेलाडी थप पनि गरेको छ ।

नेपालले दोस्रो अभ्यास खेल हंङकङसँग मार्च १ मा खेल्ने छ । नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेल मार्च ४ मा घरेलु टोली जिम्बावेसँग खेल्ने छ ।

 

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.