7 years ago
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा हुन गइरहेको विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली आज युएईसँग अभ्यास खेल खेल्दै छ । नेपाल टस हारेर पहिले फिल्डिङ गर्दै छ । मैदान पानीका कारण भिजेकोले खेल ढिलो सुरु हुँदैछ । अब खेल २९ ओभरको हुने छ ।
डिभिजन-२ को फाइनल खेलमा नेपाल युएईसँगै पराजित भएको थियो । तर समूह चरणमा भने नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो । त्यसअघिका दुई खेलमा पनि युएईले जित हांसिल गरेको थियो ।
डिभिजन-२ म उपविजेता रहँदै नेपाल विश्वकप छनोटको समूह ‘बि’ मा परेको छ । युएई रहेको समूह ‘ए’ भन्दा समूह ‘बि’ नै केहि सहज रहेको विश्लेषकहरुले बताएका छन् । समूह ‘बि’ मा नेपालले अफगानिस्तान, जिम्बावे, हंङकङ र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।
विश्वकप छनोटमा रहेका १० टोली मध्ये शीर्ष दुई टोली विश्वकप छनोटमा प्रवेश गर्ने छन् । डिभिजन-२ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई नेपालले यथावत राख्दै ललित नारायण राजवंशीको रुपमा एक खेलाडी थप पनि गरेको छ ।
नेपालले दोस्रो अभ्यास खेल हंङकङसँग मार्च १ मा खेल्ने छ । नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेल मार्च ४ मा घरेलु टोली जिम्बावेसँग खेल्ने छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]