default_image

7 years ago

February 27, 2018

क्रिकेट युएसए कपको तयारीमा नेपाली राइनोज

26 views

0 Bookmark

सुरज भण्डारी
डलास/अमेरिका –अमेरिकामा रहेको नेपाली क्रिकेट क्लब नेपाली राइनोजले अमेरिकामा संचालन हुने टुएक्स क्रिकेट युएसए कपमा यसपटक पनि भाग लिने भएको छ । राइनोज सगैं अमेरिकाका विभिन्न राज्यका साथैं अन्य देशमा रहेका व्यवसायिक क्रिकेट क्लबको सहभागिता प्रतियोगितामा रहने बताइएको छ ।

प्रतियोगितामा नेपाली राइनोजका साथैं अमेरिकाका लस भेगास चार्जस, ह्युष्टन स्पार्कस,युएइ फाल्कोन, पन्जाव लायन्स,क्यानडा युनाइटेड, डलास ग्लाडियर्स र मियामी नाइट राइर्डस क्लबले प्रतिस्पर्धा गर्नेछन् । गत वर्षबाट सुरु गरिएको प्रतियोगिताको नेपाली राइनोज साविक विजेता पनि हो ।

क्लबहरुबाट विभिन्न देशका अन्तराष्ट्रिय खेलाडीहरु समेत सहभागि हुने प्रतियोगितामा नेपाली राइनोजबाट पछिल्लो संस्करणमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, ज्ञानेन्द्र, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, पृथु बास्कोटा, सिद्दान्त लोहोनी, सुवास खकुरेल लगायतले खेलेका थिए ।

अप्रिल २५ देखि २९ सम्म टेक्ससको ह्युष्टनमा हुने प्रतियोगिताका लागि यस पटक पनि नेपाली राइनोजवाट नेपाली राष्ट्रिय टोलीका खेलाडी सहभागि गराउने तयारी गरिएको क्लबले जनाएको छ । ‘साविक विजेता भएकाले पनि राइनोजले प्रतिष्ठाको हिसाबले समेत राम्रो खेल देखाउनुपर्ने उल्लेख गर्दै क्लबका  संस्थापक मध्येका एकसागर पन्तले भने, हामी राम्रा खेलाडी ल्याउने प्रयास गर्ने छौं । पछिल्लो समय राम्रो गरिरहेका युवा खेलाडीलाई समेत ल्याउने हाम्रो तयारी छ ।’

सागरले क्लबको आर्थिक अवस्था, नेपाली राष्ट्रिय खेलाडीको समय तालिका, अन्तराष्ट्रिय प्रतियोगिता हेरेर क्लबको खेलाडीहरु तय गरिने जनाए । ‘अमेरिकामा रहेका हाम्रा खेलाडी र नेपालवाट समेत खेलाडी ल्याएर राम्रो टिम बनाउने कोशिस रहन्छ ,’ सागरले थपे, ‘यसका लागि क्लबलाई माया गर्नेहरुको सहयोगको पनि उत्तिकै खाचो रहन्छ ।’

गत वर्ष फाइनलमा आयोजक ह्युष्टन स्पार्कसलाई हराएको राइनोजले ६० हजार २ सय ५० अमेरिकी डलर जितेको थियो । यो वर्ष पहिलो हुनेलाई ७५ हजार अमेरिकी डलर पुरस्कार राखिएको छ ।

September 17, 2024

नामिबिया घरमै अमेरिकासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबियामाथि ६ विकेटको जित हात पारेको छ । नामिबियाले विन्डोहकमा दिएको २ सय रनको लक्ष्य अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाको जितमा कप्तान मोनांक पटेलले ८२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७२ रन बनाए । साइतेजा मुककामल्ला […]

September 17, 2024

क्यानडाद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीले नेपाललाई जितका लागि २ सय ५४ रनको बलियो लक्ष्य दिएको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुन: एकपटक […]

September 17, 2024

ललितलाई व्यक्तिगत दोस्रो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा सिरिजको पहिलो खेलमा नेपालका ललित राजवंशीले व्यक्तिगत दोस्रो सफलता दिलाएका छन् । ललितले ४४औं ओभरको पहिलो बलमा ३० रन बनाएर आक्रामक ब्याटिङ गरिरहेका डेलिन हेलिगरलाई आउट गराए । उनी २७ बल खेल्दै कुशल भुर्तेलबाट क्याच आउट भएका हुन् । क्यानडाले अहिले ४४ ओभरको समाप्तीमा […]

Success

Thank you for your time.