7 years ago
February 25, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पूर्वाञ्चललाई आइतबार ७ विकेटले हराउँदै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पियन बनेको हो । एपिएफले उपाधिसहित ५ लाख रुपैयाँ र पूर्वाञ्चलले २ लाख रुपैयाँ प्राप्त गर्यो ।
६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपिएफले १६.३ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गरेको थियो । टोलीका लागि ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजित १५ रन बनाइन् । पूर्वाञ्चलकी शान्ती चौधरी र संगिता राईले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको पूर्वाञ्चलले २० ओभरमा ५ विकेट गुमाउदै ६० रन मात्रै बनाउन सक्यो । टोलीका लागि काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाइन् । एपिएफकी रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १ विकेट लिइन् । एपिएफकी ज्योती पाण्डेय प्लेयर अफ द फाइनल चुनिइन् ।
पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको वुमन अफ द सिरिज घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । रुविनानै प्रतियोगिताकी उत्कृष्ट बलर चुनिइन् । प्रतियोगिता भरी १ सय ६ रन बनाउदै पुर्वाञ्चलकै काजोल श्रेष्ठ उत्कृष्ट ब्याट्सवमन चुनिइन् । उदयमान खेलाडी सुदुरपश्चिमकी लक्ष्मी साउद भईन् । उत्कृष्ट र उदयमानले समान ५ हजार प्राप्त गरिन् । सुदूरपश्चिम फेयर प्ले टोली चुनियो ।
प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारी, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]