7 years ago
February 25, 2018
केप टाउन (एजेन्सी) – तेस्रो टि-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले श्रृंखला आफ्नो नाममा पारेको छ । भारतले श्रृंखलाको निर्णायक खेलमा गए राति जित दर्ता गर्न सफल रह्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्घारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाउन सफल भएको थियो । जवाफमा घरेलु टोली दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेटको क्षतिमा केवल १ सय ६५ रन जोड्न सक्यो ।
भारतका लागि उच्च लयमा रहेका ओपनर शिखर धवनले सर्वाधिक ४७ रन जोडेका थिए भने सुरेश रैनाले ४३ रन जोडे । दक्षिण अफ्रिकाका लागि जुनियर डालाले सर्वाधिक ३ विकेट लिए ।
त्यस्तै दक्षिण अफ्रिकाका लागि कप्तान जेपी डुमिनीले सर्वाधिक ५५ जोडे भने क्रिस्टियन जोन्करले ४९ रनको योग्दान दिए । भारतका लागि भुवनेश्वर कुमारले कसिलो बलिङ गर्दै २ विकेट लिएका थिए ।
यसअघि भारतले पहिलो टी-२० २८ रनले जितेको थियो भने दोस्रो खेलमा घरेलु टोली ६ विकेटले विजयी रहेको थियो । यसैगरी दक्षिण अफ्रिकाले टेष्ट श्रृंखला २-१ ले जितेको थियो भने भारतले एक दिवसीय श्रृंखलामा ५-१को फराकिलो जित दर्ता गरेको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]