7 years ago
February 23, 2018
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । पूर्वाञ्चल शुक्रबारको जितसँगै अन्तिम चारमा पुगेपछि समिकरण पुरा भएको हो । अब सेमिफाइनलमा पूर्वाञ्चल मध्यमाञ्चल तथा एपिएफ र सदुरुपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।
पुर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ९८ रनले हरायो भने शुक्रबार नै अर्को खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथि १२ रन पराजित गर्यो ।
नेपाली टोलीकी कप्तान समेत रहेकी रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई हराएको थियो । टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३४ रन बनायो । टोलीका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुवीनाले ४१ र रोमा थापाले २५ रन बनाइन् । तेश्रो विकेटका लागि काजोल र रुविनाले ६८ रनको साझेदारी गरे । मध्यपश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १÷१ विकेट लिईन् ।
१ सय ३५ रनको लक्ष्य पाछ्याएको मध्यपश्चिमाञ्चलले १९ ओभरमा सबै विकेट गुमाउदै ३६ रनमा बनाउन सक्यो । टोलीका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । सिता मगरले ६ बनाइन् । पूर्वाञ्चलकी रुवीना, अनुपमा चौधरी र संगम तामाङले समान २ विकेट लिए । रुविना नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच चुनिइन् ।
मध्यमाञ्चल सुदुरपश्चिममाथि १२ रनको जित निकाल्दै समुह विजेता वनेर अन्तिम चारमा पुगेको छ । टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो । टोलीकी सिता श्रेष्ठले २३, अस्मीता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले समान १४ रन बनाइन् । रोशनी र अस्मिताले दोस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । सुदुरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुवर र लक्ष्मी साउदले समान १ विकेट लिईन् ।
१ सय ६ रनको मध्यम लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरुवातका वावजुत हार व्यहोर्न परेको हो । सुदुरपश्चिमलले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउनसक्यो । सुदुरपश्चिमका लागि कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरे । कविताले २२ र मञ्जुले ८ रन बनाईन् । कविता जोशीले अविजित रहदै ३९ रन बनाइन् । नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भईन् ।
दुवै सेमिफाइनल शनिवार फाप्ला क्रिकेट मैदानमा हुने छन् । प्रतियोगिताको विजेताले ५ लाख तथा दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]