7 years ago
February 22, 2018
धनगढी (हाम्रो खेलकुद) – एपिएफ र मध्यमाञ्चल कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । पश्चिमाञ्चल दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । एक खेल जितेको सुदूरपश्चिम पनि अन्तिम चारमा पुगेको छ ।
समुह ए मा रहेको मध्यमाञ्चलले बिहीबार पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्यो । अर्को खेलमा एपिएफले पूर्वाञ्चललाई ४ विकेटले हरायो । पहिलो खेलमा टस हारेर व्याटिङको निम्तो पाएको मध्यमाञ्चलले २० ओरभमा ४ विकेटको क्षतिमा १ सय १३ रन बनायो ।
टोलीका लागि सिता श्रेष्ठले ४५ बलमा ४९ रन बनाइन् । यस्तै कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रन जोडिन् । २० रनमै २ विकेट गुमाएर धरमराएको मध्यमाञ्चलको इनिङलाई कञ्चन र सिताले सम्हालेका थिए । तेस्रो विकेटका लागि उनीहरुले ८२ रनको साझेदारी गरे । पश्चिमाञ्चलकी कप्तान बर्षा रानााले १ विकेट लिइन् ।
१ सय १४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको पश्चिमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउँदै ६९ रन मात्र जोड्न सक्यो । टोलीकी नितु भण्डारीले १० र बर्षा रानाले ८ रन जोडिन् । मध्यमाञ्चलका अश्वीनी कर्माचार्य र आरती विराडीले समान २ विकेट लिइन् । मध्यमाञ्चकी सिता नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच घोषित भइन् ।
बिहीबार अर्को खेलमा एपिएफले पूर्वाञ्चललाई ४ विकेटले हरायो । ६५ रन लक्ष्य पाएको एपिएफले १५.५ ओभरमा ६ विकेट गुमाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो । पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको कसिलो बलिङका सामू एपिएफको इनिङ धरमराएको थियो । ७ रनमा ५ विकेट गुमाएको एपिएफका लागि करुणा भण्डारी र ममता चौधरीले सम्हालेका थिए ।
करुणा र ममताले छैटौं विकेटका लागि २२ रनको साझेदारी गरे । सातौ विकेटका लागी करुणा र इन्दु बर्माले ३७ रनको साझेदारी गरेपछि एपिएफतर्फ अघि बढेको थियो । करुणा, ममता र इन्दुले समान १६ रन बनाए । पूर्वाञ्चलकी रुवीनाले ३ विकेट लिइन् ।
त्यसअघि टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनाएको थियो । रुविनाले २७ रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । एपीएफकी सोनु खड्काले २ विकेट लिईन् । एपिएफकी करुणा नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच घोषित भइन् ।
शुक्रबार पहिलो खेल पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलबीच र अर्को खेल सुदूरपश्चिम र मध्यमाञ्चलबीच हुनेछ । प्रतियोगिताको विजेताले ५लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]