7 years ago
February 22, 2018
काठमाडौं (हाम्रोखेलकुद)- सानिमा बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य युवा खेलाडी सन्दीप लामिछानेको प्रायोजन रकम दोब्बर बनाएको छ । दुई वर्षअघि सन्दिपलाई मासिक २० हजार रुपैयाँ दिने सम्झौता गरेको सानिमाले बिहीबार पत्रकार सम्मेलनमार्फत सन्दिपलाई थप दुई वर्षको लागि मासिक ४० हजार रुपैया उपलब्ध गराउने सम्झौता गरेको हो ।
दुई वर्षको सम्झौतामा नविकरण भएपछि सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहालले विश्वकप छनोटमा पुग्नु नेपालका लागि खुशीको कुरा रहेको बताउदै पहिले दिइरहेको रकमलाई दोब्बर गर्ने निर्णय भएको बताए । उनले इण्डियन प्रिमयर लिग (आइपिएल) को सुरुवाती ११ मा परेर विकेट लिएको हेर्ने आशा रहेको बताए । नेपाली खेलाडीहरुको खेलेरै बाच्ने अवस्था अझैपनि श्रृजना भइनसकेको उल्लेख गर्दै दाहालले कर्पोरेट क्षेत्रको सहयोगमा खेलाडीहरुको स्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सन्दीपले दुई वर्षअघि आफूले १९ वर्षमुनिको विश्वकप खेलेर आउँदा सानिमा बैंकले गरेको सहयोगले अझै राम्रो प्रदर्शन गर्ने प्रेरणा मिलेको र आजको सम्झौता पश्चात आगामी दिनमा अझै राम्रो गर्ने प्रयास गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा बैंकका ब्रान्ड एम्बास्डरद्धय हरिवंश आर्चाय र मदनकृष्ण श्रेष्ठले सन्दीपलाई मायाँको चिनो प्रदान गरेका थिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]