default_image

7 years ago

February 22, 2018

दीपेन्द्रलाई ग्लोबल आईएमईं बैंकको प्रायोजन

84 views

0 Bookmark

 काठमाडौं (हाम्रोखेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य यू–१९ टिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आईएमई बैंकले १ वर्षको लाग प्रायोजन गरेको छ । ग्लोबल आईएमईं बैकले बिहिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत दीपेन्द्रलाई १ बर्षका लागि ४ लाख रुपैयाको प्रायोजन गरेको छ ।

प्रायोजन सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौडेल र खेलाडी दीपेन्द्रले हस्ताक्षर गरे । जसअनुसार दीपेन्द्रले मासिक २० हजारका दरले एक वर्षसम्म २ लाख ४० हजार नगद पाउनेछन् भने र बाँकी १ लाख ६० हजाजारको खेल समाग्री बैंकले उपलब्ध गराउनेछ । सम्झौतापछि बैंकका सिइओ जनक शर्मा पौडेलले खेलकुदले नै सारा नेपालीलाई एक ठाउमा राखेको बताउदै अझ प्रगतिको कामना गरे ।

‘खेलाडीहरु आफ्नो ब्यक्तिगत लगानीमा यहाँ सम्म आइपुगेर सारा नेपालीको शिर उचो पारेको छ । यस्तो बेलामा खेलाडीहरुलाई कर्पाेरेट सस्थाहरुले सहयोग आवश्यक छ ।’ सिइओ पोडेलले भने, ‘सरकारले पनि खेलकुदमा लगानी बढाउनु पर्दछ । खेलाडीहरुले आर्थिक सहयोग पाएमा उनीहरुको व्यक्तिगत प्रर्दनमा पनि सुधार आउने हामीले विशवास लिएका छौं । तपाईहरुको १ रनले सारा तीन करोड नेपालीको छाती फुलेर आउनेछ । आगमी खेलको लागि सफलताको कामना ।’

यस्तै दीपेन्द्रले ब्राण्ड एम्वासडर बनाएकोमा ग्लोबल आइएमईंलाई धन्यवाद दिदै आगमी दिनमा राम्रो खेल्न यसले थप हौसला मिल्ने बताए । राष्ट्रिय टोलीका कप्तान तथा क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) का महासचिव पारस खड्काले ब्राण्ड एमवासडरका लागि दुई महिनाअघि देखि प्रक्रिया थालेको र आज मौका जुरेको बताउदै क्रकेटलाई व्यवसायिक रुपमा अघि बढाउन कर्पाेरेट क्षेत्रको सर्पाेट आवश्यक रहेको बताए । यस्ता खड्काले खालका सहयोगले खेलाडीलाई खेल्न थप हौसला मिल्ने र अन्य खेलाडीहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.