7 years ago
February 21, 2018
विनोदबाबु रिजाल
चितवन– इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डेयर डेभिल्र्समा अनुबन्ध भएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई चितवन जिल्ला क्रिकेट संघले भरतपुरमा सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा संघले सन्दीपसँगै चितवन क्रिकेट एकेडेमीका उनका प्रशिक्षक राजु खड्कालाई पनि सम्मान गरेको हो ।
सो अवसरमा लामिछानेलाई नगद २० हजार र खड्कालाई १० हजारसहित प्रमाणपत्रले सम्मान गरियो । सम्मान ग्रहणपछि सम्बोधन गर्दै सन्दीपले आफू यो स्थानसम्म पुग्न धेरै अग्रजको योगदान रहेको बताए । उनले त्यसमा पनि प्रशिक्षक खड्काको भूमिका मुख्य रहेको बताए । उनले आफ्ना प्रशिक्षक संगै सम्मानित हुन पाएकोमा निकै खुसी लागेको बताए ।
यस्तै प्रशिक्षक खड्काले सन्दीप मेहनती, लगनशील र अनुशासित भएका कारण यो स्थानसम्म पुग्न सफल भएको बताए । चितवनले सन्दीपजस्ता थुप्रै खेलाडी जन्माउन सक्ने भन्दै उनले त्यसका लागि खेलमैदान र स्रोतसाधन अभाव रहेको बताए । चितवन क्रिकेट संघका प्रवक्ता अनिल अधिकारीले भएका क्रिकेट मैदानसमेत खनजोत हुन थालेपछि खेल मैदानको अभाव हुन थालेको बताए । उनले देश चिनाउने खेलाडी उत्पादन गर्न खेल मैदानको जरुरत पर्ने बताए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]