default_image

7 years ago

February 21, 2018

प्रधानमन्त्री कप महिला क्रिकेट -एपिएफ र सुदूरपश्चिमको सहज जित

217 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिम र एपिएफ विजयी भएका छन् । उद्घाटन खेलमा सुदूरपश्चिमले पश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्यो । अर्को खेलमा एपिएफले मध्यपश्चिमलाई १० ले हरायो ।

धनगढीको फाप्ला त्रिकेट मैदानमा भएको पहिलो खेलमा ७४ रनको लक्ष्य सुदूरपश्चिमाञ्चलले १७.१ ओभरमा ५ विकेट गुमाएर प्राप्त गरेको थियो । सुदुरपश्चिमका लागि विमला भट्टले १८ र कप्तान मञ्जु वोगटीले १२ रन बनाइन् । पश्चिमाञ्चलकी सरस्वती पुनले ३ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पश्चिमाञ्चलले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनायो । टोलीका लागि बर्षा रानाले १४ र सरस्वती पुनले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् । सुदुरपश्चिमकी लक्ष्मी साउदले ३ र कविता जोशीले २ विकेट लिईन् । सुदूरपश्चिमकी लक्ष्मी नेपाल वेष्टर्न कलेज प्लेयर अफ दी म्याच भइन् ।

अर्को खेलमा ३७ रनको झिनो लक्ष्य सहित मैदान उत्रिएको एपिएफले ४. ५ ओभरमा विना विकेटको क्षेति लक्ष्य प्राप्त गर्यो । ओपनर ज्योती पाण्डेयले १७ र सिता राना मगरले १२ रन बनाइन् । त्यसअघि टस जितेर व्याटिङ गरेको मध्यपश्चिमले १८.४ ओभरमा सबै विकेट गुमाउदै ३६ रन मात्रै बनाउन सक्यो ।

मध्यपश्चिमले १० रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमका लागी गिता गोसाईले १५ रन जोडिन् । मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपिएफकी रितु रितु कनौजीयाले ४ विकेट लिइन् । रितु नेपाल वेष्टर्न कलेज प्लेयर अफ दी म्याच घोषित भइन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव विष्टले प्रतियोगिताको उद्घाटन गरे । सदस्य सचिव विष्टले फाप्ला क्रिकेट मैदानमा प्यारापिट निर्माणका लागि बजेट विनीयोजन गर्ने बताए । राखेपको आयोजना रहेको प्रतियोगिताको व्यवस्थापन कैलाली जिल्ला खेलकुद विकास समितिले गरेको छ ।

खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले धनगढीलाई क्रिकेटको मात्रै होइन खेलकुदकै शहर बनाउनका पहल भइरहेको बताए । प्रतियोगितामा ५ विकास क्षेत्र र एपिएफ गरि ६ टोलीको सहभागिता छ । सागरमाथा सिमेन्टको मुख्य प्रायोजन रहेको प्रतियोगिताकोे ५ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

 

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.