default_image

7 years ago

February 21, 2018

डिपिएलको अक्सन जारी, करन र वसन्त १ लाख ५० हजारमा बिक्रि

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को अक्सन अहिले जारी छ ।

‘ए’ वर्गका खेलाडिहरुमा वसन्त रेग्मीलाई विराटनगर किङ्सले १ लाख ५० हजारमा खरिद गरेको छ । उनलाई सिवाइसी अत्तरिया, काठमाडाैं गाेल्डेन्स, रुपन्देही च्यालेन्जर्सले पनि बोली लगाएका थिए । त्यस्तै विराटनगरले पृथु बास्कोटालाई १ लाख २० हजारमा खरिद गर्न सफल रह्यो ।

महेन्द्रनगर युनाइटेडले ‘ए’ वर्गका तीन खेलाडिलाई टोलीमा भित्राउन सफल भयो । महेन्द्रनगरले करन केसीलाई १ लाख ५० हजारमा, अभिनाश कर्णलाई ८० हजारमा र आरिफ शेखलाई १ लाख ५० हजारमा खरिद गर्‍यो । अारिफ शेखलाई रुपन्देहि च्यालेन्जर्स बाहेक सबैले तथा करनलाई सबै टोलीले बोली लगाएका थिए ।

रुपन्देही च्यालेन्जर्सले जितेन्द्र मुखियालाई ९० हजार, प्रदिप ऐरीलाई ८० हजार र सागर पुनलाई १ लाख ५० हजारमा खरिद गर्न सफल भयो । काठमाडौं गोल्डेन्सले नरेश बुढाएरलाई १ लाख २० हजारमा खरिद गरे । त्यस्तै टिम चौराहा धनगढिले राजेश पुलामी मगरलाई ८० हजारमा खरिद गर्‍यो भने सुबास खकुरेल सीवाइसी अत्तरियामा ८० हजारमा बिके ।

‘ए’ वर्गमा रहेका चन्द्र साउद, राहुल विश्वकर्मा, मन्जित श्रेष्ठ, मेहबुब आलम र सन्जम रेग्मीलाई कुनै टोलीले खरिद गरेन । ‘बि’ र ‘सी’ वर्ग खेलाडिको अक्सन अहिले चलिरहेको छ ।

महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा विनोद भण्डारी, डिफेन्डिङ च्याम्पियन टिम चौराहा धनगढीको रणनीतिक खेलाडीमा सोमपाल कामी, सिवाइसी अत्तरियामा दिपेन्द्रसिंह ऐरी, रुपन्देही च्यालेन्जर्समा शक्ति गौचन, काठमाडौं गोल्डेन्समा ज्ञानेन्द्र मल्ल र बिराटनगर किङ्सको रणनीतिक खेलाडीमा राष्ट्रिय टिमका समेत कप्तान रहेका पारस खड्का रहेका छन् ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.