7 years ago
February 20, 2018
धनगढी (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकोे सम्पूर्ण तयारी पुरा भएको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजकत्व रहने प्रतियोगितामा साविकका पाँच विकास क्षेत्र र विभागिय टोली नेपाल एपिएफ क्लब गरि ६ टोलीको सहभागिता रहेको मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए ।
राखेपका सदस्य सचिव केशव विष्टले धनगढीको फाप्ला मैदानमा उद्घाटन गर्ने प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा रहेका टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि समूहका विजेता र उपविजेता अन्तिम चारमा पुग्नेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । वुमन अफ द सिरिजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् । सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको प्रतियोगिता सञ्चालनका लागि झन्डै साढे ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]