7 years ago
February 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बाब्वेमा खेलिने आइसीसी विश्वकप छनोट २०१८ का लागि नेपाली टोलीको घोषणा भएको छ । टोलीमा एक नयां अनुहार ललित नारायण राजवंशी समावेश भएका छन् ।
हालै नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगितामा उपविजेता भएको नेपालले आगामी आइसीसी विश्वकप छनोट २०१८ को लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
विश्व क्रिकेट लिग डिभिजन-२ मा परेका १४ जना खेलाडि सबै विश्वकप छनोट टोलीमा पनि रहेका छन् । त्यस्तै यस अघि वैकल्पिक खेलाडिमा रहेका ललित नारायण राजवंशी पनि चुनिएका छन् । स्पिनर रहेका ललित इपिएलमा ललितपुर प्याट्रिअट्सबाट खेलेका थिए भने उनी यु-१९ टोलीको पनि महत्त्वपूर्ण सदस्य हुन् ।
नेपाली टोलीको छनोट आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित ३ सदस्यीय टोलीले गरेको थियो ।
१५ सदस्यीय नेपाली क्रिकेट टोली:
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित नारायण राजवंशी, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करन केसी
रिजर्भ खेलाडी:
विनोद भण्डारी, सिद्धान्त लोहनी, सुनिल धमला, किशोर महतो
विश्वकप छनोट जिम्बाब्वेमा मार्च ४ देखि २४ तारिखसम्म चल्ने छ । विश्वकप छनोटमा नेपाल समूह ‘बि’मा रहेर अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंगसँग प्रतिस्पर्धा गर्ने छ । नेपालले आफ्नो पहिलो खेल आयोजक जिम्बाब्वेसँग मार्च ४ तारिखमा खेल्ने छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]