7 years ago
February 18, 2018
जोहानसबर्ग (एजेन्सी) – भारतले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको टि-२० श्रृंखलाको पहिलो खेल २८ रनले जितेको छ ।
पहिले ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा २ सय ३ रन जोड्न सफल भएको थियो । भारतका लागि ओपनर शिखर धवनले ७२ रनको शानदार पारी खेले । उनले ३९ बलमा १० चौका र २ छक्काको मद्दतमा भारतलाई राम्रो स्कोरमार्फत डोर्याएका थिए । अन्य ब्याट्सम्यानहरुमा रोहित शर्माले २१, सुरेश रैनाले १५, विराट कोहलीले २६, मनिश पाण्डेले २९, एमएस धोनीले १६ र हार्दिक पाण्डेयाले १३ रनको पारी खेलेका थिए ।
दक्षिण अफ्रिकाका लागि जुनियर डालाले २ विकेट लिन सफल भएका थिए भने जवाफमा घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा १ सय ७५ रन मात्र बनाउन सक्यो । टोलीका लागि ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ७० रन जोडे भने मिडल अर्डरका फर्हान बेहारडेनले ३९ रनको योग्दान दिंदा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् ।
भारतका लागि तीव्र गतिका बलर भुवनेश्वर कुमारले ५ विकेट लिएका थिए । त्यस्तै जयदेव उनाद्कट, हार्दिक पाण्डेया र युज्बेन्द्र चहलले पनि एकएक विकेट लिए । यसअघि दक्षिण अफ्रिकाले टेष्ट श्रृंखला २-१ ले जितेको थियो भने भारतले एक दिवसीय श्रृंखला ५-१ ले जित्न सफल भएको थियो । दोस्रो टि-२० खेल बुधबार खेलिने छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]