7 years ago
February 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ ले श्री एअरलाइन्सको साथ पाएको छ । श्री एयरलायन्सले डिपिएल–२ लाई १ वर्षको लागि प्रायोजन गरेको हो ।
सम्झौता पत्रमा आइतबार डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बहादुर शाही र श्री एअरलाइन्सका अपरेशन निर्देशक कुन्दन गिरीले हस्ताक्षर गरे । सम्झौताअनुसार रुस्लान डिपिएल–२ का हरेक प्रवद्र्धनात्मक क्रियाकलापहरुमा श्री एअरलाइन्सको लोगो रहनेछ । यसबापत श्री एअरलाइन्सले यस संस्करणका लागि १० लाख प्रायोजन सहयोग गरेको छ । ७ लाख ५० हजार नगदमा हुनेछ भने, बाकी २ लाख ५० हजार विभिन्न किसिमका प्याकेजमा हुनेछ ।
सम्झौतापछि श्री एअरलाइन्सका अपरेशन निर्देशक कुन्दन गिरीले डिपिएलसँग जोडिनु कम्पनीको लागि गौरवको विषय रहेको बताए । ‘हामी नेपालमा सम्भावना भएको खेलमा जोडिएका छौं । अहिले नेपाली खेलाडीहरु पनि विदेशी क्लबमा जोडिन थालेका छन् ’ अपरेशन निर्देशक कुन्दन गिरीले भने, ‘यस्ता खालका प्रायोजनले खेलाडीहरुलाई खेल्न थप प्रोत्साहन गर्नेछ भन्ने विश्वास लिएका छौं ।’
डिसिएका अध्यक्ष सुवास बहादुर शाहीले सानो बजेटबाट सुरु भएको एसपिए कप अहिलेको डिपिएललाई सहयोगी हातहरु आइरहेको सन्दर्भमा श्री एअरलाइन्स पनि हामीसँग जोडिनु डिपिएलको लाग खुसीको कुरा रहेको बताए । यस्तै आयोजकले डिपिएल–२ को तयारी तीव्र रुपमा अघ बढिरहेको जानकारी दिए ।
प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स गरि ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसको पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
डिपिएल–२ को विजेतालले २५ लाख तथा दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेलाई ३ लाख र चौथोलाई २ लाख पाउनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार तथा प्रतियोगिताको म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ । उत्कृष्ट ब्याटस्म्यान र बलरको पुरस्कार पनि दिइनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी एक पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १/१ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । डिपिएल चैत १७ बाट वैशाख १ गतेसम्म हुनेछ ।
अक्सन बुधबार
रुस्लान डिपिएल–२ को अक्सन बुधबार हुने भएको छ । अक्सनका लागि २ सय भन्दा बढी खेलाडीले विभिन्न क्याटगोरमा आवेदन दिएको आयोजकले जनाएको छ । आयोजकले यसअघि डिपिएल–२ को रणनीतिक खेलाडी, टिम र मालिक घोषणा गरेको थियो ।
महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा विनोद भण्डारी, डिफेन्डिङ च्याम्पियन टिम चौराहा धनगढीको रणनीतिक खेलाडीमा सोमपाल कामी, सिवाइसी अत्तरियामा दिपेन्द्रसिंह ऐरी, रुपन्देही च्यालेन्जर्समा शक्ति गौचन, काठमाडौं गोल्डेन्समा ज्ञानेन्द्र मल्ल र बिराटनगर किङ्सको रणनीतिक खेलाडीमा राष्ट्रिय टिमका समेत कप्तान रहेका पारस खड्का रहेका छन् ।
रणनीतिक खेलाडीहरुको मुल्य कम्तीमा दुई लाख भएको आयोजकले जनाएको छ । प्रत्येक टिमले अक्सनबाट १२ खेलाडीका लागि ११ लाख खर्च गर्न पाउनेछन् । यस्तै प्रत्येक क्लबले २ जना विदेशी खेलाडी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी अनिवार्य राख्नुपर्ने आयोजकले मापदण्ड तोकेको छ । आयोजकले यसअघि नै ट्यालेन्ट हन्टबाट १२ खेलाडी छनोट गरिसकेका छन् ।
अक्सनका लागि खेलाडीहरुलाई चार विधामा राखिएको छ । ‘ए’ वर्गका खेलाडीको न्युनतम मुल्य १ लाख र अधिकतम मुल्य १ लाख ५० हजार राखिएको छ । ‘बी’ वर्गका खेलाडीहरुको न्युनतम मुल्य ५० हजारदेखि अधिकतम मुल्य १ लाख तोकिएकोृ छ । ‘सी’ वर्गका खेलाडीको न्युनतम मुल्य २५ हजारदेखि ७५ हजार र ‘डी’ वर्गका खेलाडीको मुल्य २० हजारदेखि ४० हजारसम्म राखिएको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]