7 years ago
February 18, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप क्रिकेटको छनोटमा स्थान पक्का गर्दै नेपाली क्रिकेट टोली नामिबियाबाट शनिबार साँझ स्वदेश आइपुगेको छ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल उपविजेता बन्दै फर्केको हो ।
नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदा समर्थकले भव्यस्वागत गरेका थिए । झन्डै ३ सयको हाराहारीमा विमानस्थल पुगेका समर्थकले टोली र कप्तान पारस खड्का पक्षमा नारा लगाएका थिए ।
राउन्ड रोविन लिगको अन्तिम खेलमा क्यानाडालाई हराउँदै विश्व कप छनोटमा पुग्न सफल नेपाल डिभिजन २ को उपाधि भिडन्तमा कप्तान पारसको शतकका बावजुद पराजित भएको थियो । जिम्बावेमा विश्व कप छनोट मार्चमा हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]