default_image

7 years ago

February 17, 2018

खुकुरी कप क्रिकेटमा बालुवाटार च्याम्पियन

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बालुवाटार क्रिकेट क्लब खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ८ रनले पराजित गर्दै बालुवाटार खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको हो । बालुवाटारले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको केसीटीसीले ६ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

केसीटीसीका लागि आदिल खानले ३२ रन जोडे । दुर्गेश थापा २१ रन, सुमित महर्जन १९, विवेक रानामगर १७ र सुधिर चौधरी १२ रनमा आउट भए । बालुवाटारका अमरसिंह राउटेलाले ४ तथा पृथु बास्कोटाले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले ९ विकेट गुमाएर १ सय ५१ रनको मध्यम योगफल बनाएको थियो ।

बालुवाटारका लागि अमरसिंह राउटेलाले सर्वाधिक ३३ रन बनाए । प्रनित थापामगर २७ रनमा आउट हुदा पुथु बास्कोटा २५ रनमा पभेलियन फर्किए । सोनु तामाङले २३ रन जोडे । सुमित झाले ३ विकेट लिए । सञ्जय बस्नेतले २ तथा नन्दन यादवले १ विकेट लिए ।

च्याम्पियन बनेसँगै बालुवाटारले ३ लाख रुपैया प्राप्त गर्‍यो । उपविजेता बनेको केसीटीसीले १ लाख रुपैयमा चित्त बुझायो । बालुवाटारका क्षितिज पराजुली प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रुपैया प्राप्त गरे । टिकापुर क्रिकेट क्लबका रविन्द्रजंग शाही उत्कृष्ट ब्याट्सम्यान, त्रिभुवन आर्मी क्लबका अविनास बोहोरा उत्कृष्ट बलर घोषित भए ।

वाइवाई जिएचसिएका सागर ढकाल प्रतियोगिताबाट उदियमान खेलाडी बने । सबैले समान १०–१० हजार प्राप्त गरे । विजयी खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे र पूर्वउपाध्यक्ष उपेन्द्र भट्टराईले पुरस्कृत गरे । गत माघ १० गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न १६ क्लबहरुले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

March 13, 2025

आर्मीको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बुधवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]

March 13, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

Success

Thank you for your time.