default_image

7 years ago

February 16, 2018

नेपाली क्रिकेट टोली भोली स्वदेश आइपुग्ने

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो स्थानमा रहन सफल नेपाली क्रिकेट टोली शनिबार साँझ स्वदेश आइपुग्ने भएको छ । इतिहाद एयरलाइन्सबाट टोली शनिबार साँझ ७ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएइको छ ।

राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा बुधबार क्यानाडालाई हराँउदै नेपाल विश्व कप छनोट चरणमा पुग्न सफल भएको थियो । यद्दपी डिभिजन २ को उपाधि भिडन्तमा भने टोली युएईसँग ७ रनले पराजित भएको थियो । राउन्ड रोविनमा ओमानसँगको खेल गुमाएको नेपालले बाँकी सबै खेल जितेर विश्व कप छनोट चरणमा पुग्न सफल भएको थियो ।

क्यानाडाविरुद्ध जित दिलाउन करण केसीले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कप्तान पारस खड्का र सन्दीप लामिछानेले भने समग्रमा टोलीका लागि उच्च प्रदर्शन गरेका थिए । सन्दीप डिभिजन २ का म्यान अफ दी सिरिज घोषित भए भने पारस प्रतियोगिताका सर्वाधिक रन लिने खेलाडी बनेका थिए ।

March 13, 2025

आर्मीको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बुधवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]

March 13, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

Success

Thank you for your time.