7 years ago
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत युएईसँग फाइनलमा पराजित भएपछि विश्व कप छनोटको समूह ‘बी’ मा अटाएको नेपालले छनोट अन्तर्गतको पहिलो खेलमा आयोजक जिम्बाब्वेको सामना गर्नेछ ।
छनोट चरणमा १० राष्ट्रको सहभागिता रहनेछ, जो दुई समूहमा विभाजित छन् । डिभिजन २ को विजेता युएई, वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्स समूह ए मा छन् भने समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँग छन् ।
मार्च ४ मा समूह ‘बी’ को पहिलो खेलमा नेपालले ९ पटक विश्व कपमा सहभागिता जनाएको जिम्बाब्वेको सामना गर्नेछ । त्यस्तै नेपालले मार्च ८ मा स्कटल्याण्ड, १० मा अफगानिस्तान तथा १२ मार्चमा हङकङको सामना गर्नेछ ।
छनोट चरणका शीर्ष २ टोलीले २०१९ मा इंग्ल्याण्ड र वेल्शमा हुने क्रिकेट विश्व कपमा स्थान बनाउने छन् । दुई समूहका शीर्ष ३ का टोलीले सुपर सिक्समा प्रतिस्पर्धा गर्नेछन् , जसबाट दुई शीर्ष टोलीले फाइनल खेल्नेछन् भने दुवै समूहका पुछारका २ टोलीले सातौँ, आठौँ, नवौं र दशौँ स्थान छिनोफानो गर्न प्ले अफ खेल्नेछन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बुधवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]