default_image

7 years ago

February 15, 2018

सन्दिप बने प्रतियोगिताका उत्कृष्ट खेलाडि

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित हुँदै उपविजेता भएको छ । प्रतियोगितामा उपविजेता भए पनि व्यक्तिगततर्फ सन्दिप लामिछाने प्रतियोगिताका उत्कृष्ट खेलाडि घोषित भए ।

sandeep player of tournament

यस डिभिजन-२ प्रतियोगितामा सन्दिपको बलिङ प्रदर्शन निकै राम्रो रह्यो । सन्दिपले प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडिको सुचीमा अग्रस्थानमा छन् । उनीसँगै ओमानका बिलाल खानको पनि १७ विकेट रहेको छ ।

सन्दिपले प्रतियोगिताभरि ५४ ओभर २ बल गरे । जसमा उनले सर्वाधिक ९ मेडेन राखे । उनको इकोनमी पनि ३ भन्दा थोरै बढी मात्र रहेको छ । ब्याटिङमा पनि सन्दिपले क्यानाडाविरुद्ध करन केसीको राम्रो साथ दिँदै नेपाललाई ऐतिहासिक जित हात पार्न मद्दत गरेका थिए ।

त्यस्तै ६ खेलमा पारसले २ सय ४१ रन बनाउँदै सर्वाधिक रनकर्ता बने । फाइनलमा १ सय १२ रनको शानदार पारी खेल्दै उनले युएईकै अश्फाक अहमदलाई पछि पारेका हुन् ।

पारसले प्रतियोगिताभरि सर्वाधिक १५ छक्का पनि प्रहार गरे । अब विश्वकप छनोटमा नेपाल नेपाल अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँगको समूहमा रहनेछ ।

March 13, 2025

आर्मीको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बुधवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]

March 13, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

Success

Thank you for your time.