7 years ago
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित हुँदै उपविजेता भएको छ । अब विश्वकप छनोटमा नेपाल नेपाल अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँगको समूहमा रहनेछ ।
यस डिभिजन-२ प्रतियोगितामा नेपालको बलिङ तर्फ प्रदर्शन निकै राम्रो रह्यो । सन्दिप लामिछाने प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडिको सुचीमा अग्रस्थानमा परे । उनीसँगै ओमानका बिलाल खानको पनि १७ विकेट रहेको छ । सन्दिपले प्रतियोगिताभरि ५४ ओभर २ बल गरे । जसमा उनले सर्वाधिक ९ मेडेन राखे । उनको इकोनमी पनि ३ भन्दा थोरै बढी मात्र रहेको छ ।
त्यस्तै ब्याटिङ प्रदर्शन चित्त बुझ्दो नरहे पनि कप्तान पारस खड्का प्रतियोगितामा सर्वाधिक रनकर्ता बने । ६ खेलमा उनको २ सय ४१ रन रहेको छ । फाइनलमा १ सय १२ रनको शानदार पारी खेल्दै उनले युएईकै अश्फाक अहमदलाई पछि पारेका हुन् । पारसले प्रतियोगिताभरि सर्वाधिक १५ छक्का प्रहार गरे ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बुधवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]