default_image

7 years ago

February 15, 2018

बालुवाटार र केसीटीसी खुकुरी कपको फाइनलमा

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बालुवाटार क्रिकेट क्लब र काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) राजधानीमा जारी खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

Sonu Tamang

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहिबार भएको खेलमा बालुवाटारले शान्तिनगर युथ क्लब र केसीटीसीले रोयल पिसी फाइटरलाई पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । फाइनल खेल आइतबार हुनेछ ।

शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा बालुवाटारले शान्तिनगरलाई ४ विकेटले पराजित गर्यो । शान्तिनगरले दिएको १ सय ४८ रनको लक्ष्य बालुवाटारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । बालुवाटारका सोनु तामाङले ५६ रनको अविजित अर्धशतकीय इनिङ्स खेले । ३४ बल खेलेका सोनुले ४ छक्का र ३ चौका हिर्काए । पृथु बास्कोटाले ३९ रन जोडे । प्रनित थापामगर २० तथा किसन कार्की १३ रनमा आउट भए । शान्तिनगरका राम नरेश गिरी, सुनिल धमला, अजय राजवंशी, मञ्जित श्रेष्ठ, मुकुन्द यादव र फिर्दाेस अन्सारीले समान १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको शान्तिनगरले ४ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । सिद्धान्त लोहनीले अविजित ७३ रनको अर्धशतकीय इनिङ्स खेले । अमित श्रेष्ठ ३३ र मञ्जित श्रेष्ठले २४ रन जोडे । बालुवाटारका अमरसिंह राउटेलाले दुई तथा क्षितिज सिंह र सिद्धान्तराज शाहीले समान १ विकेट लिए ।

अर्काे खेलमा केसीटीसीले रोयललाई ४१ रनले पराजत ग¥यो । केसीटीसीले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको रोयलले ९ विकेट गुमाएर १ सय २२ रनमात्र बनाउन सक्यो । रोयलका लागि सन्दिप सुनारले ५३ रन तथा सुवस खकुरेलले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । सञ्जय बस्नेतले ३ विकेट लिए । अदल खानर सुमित झाले २–२ विकेट बाँडे । नन्दन यादवले १ विकेट आफ्नो नाममा लेखाए । यसअघि पहिले ब्याटिङ गरेको केसीटीसीले ७ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो । केसीटीसीका सुमित महर्जन ५६ रना नटआउट रहे । सञ्जय बस्नेत २५ तथा सन्तोष पोडैलले २२ रन जोडे । अदिल खान १५ तथा सुधिर चौधरी १३ रनमा पभेलियन फर्किए । प्रकाश विष्ट र शम्शेर चन्दले समान २ विकेट लिए ।

March 13, 2025

आर्मीको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । बुधवार भएको खेलमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । आर्मीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ […]

March 13, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

Success

Thank you for your time.