7 years ago
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ । यससँगै युएई डिभिजन-२ को विजेता बनेको छ । नेपाल र युएईले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइ सकेका थिए ।
अब युएई विश्वकप छनोटमा समूह ‘ए’ मा वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँग स्थान पाउनेछ भने नेपाल समूह ‘बी’ मा अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँग रहनेछ ।
२ सय ७८ रन पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा केवल २ सय ७० रन बनाउन सफल भयो । नेपालका लागि आज पारस खड्काले शानदार ब्याटिङ गरे पनि जित दिलाउन सकेनन् । पारसले १ सय ३ बलको सामना गर्दै १ सय १२ रन जोडेका थिए । उनले शतक बनाए पनि हार निश्चित भएको कारण ब्याट उचालेनन् ।
नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले २४ तथा दिलिप नाथले १३ रन बनाएका थिए । दिपेन्द्र ऐरीले ३५ रन, शरद भेषावकरले ३० रन र रोहित पौडेलले २३ रन जोड्दै पारसलाई राम्रो साथ दिएका थिए । तर आज आरिफ शेख र हिजोको खेलका नायक करन केसी सस्तैमा आउट भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्न सफल भएको थियो । युएईका लागि ओपनर अश्फाक अहमदले १ सय १४ रनको शतकीय पारी खेले ।
१ सय १० बलको सामना गर्दै उनले १० चौका र ३ छक्का पनि प्रहार गरेका थिए । उनलाई अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन बनाउँदै राम्रो साथ दिएका थिए । त्यस्तै आक्रामक ब्याटिङ्ग गर्दै शाइमन अनवरले ४० रन बनाएका थिए ।
आज नेपालको बलिङ अघिल्ला खेलहरु जस्तो प्रभावकारी भने रहन सकेन । नेपालका लागि वसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले एकएक विकेट लिए । त्यस्तै अर्को विकेट रन आउट मार्फत भएको थियो । शानदार ब्याटिङ गरिरहेका अश्फाकलाई सन्दिपले आउट गरेका थिए । सन्दिपसँगै ओमानको बिलाल खानको पनि प्रतियोगितामा सर्वाधिक १७ विकेट रहेको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै गरेको छ । पिएम कपमा लगातार तेस्रो जित हासिल गर्ने क्रममा आर्मीले बुधवार कर्णाली प्रदेशविरुद्ध १ सय २७ रनको सहज जित निकालेको हो । २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १ सय ३५ […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]