default_image

7 years ago

February 15, 2018

कप्तान पारसको अर्धशतक पुरा

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको फाइनल खेलमा युएई विरुद्ध २ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् ।

Paras Khadka

३५ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पारसले ५१ रन बनाएका थिए । हाल नेपाल ३५ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै १ सय ६१ रनमा छ । पारसलाई शरदले मैदानमा साथ् दिँदै छन् । शरद २८ रनमा खेल्दै छन् ।

उपकप्तान ज्ञानेन्द्र मल्ल २४ रनमा आउट भए भने दीलिप नाथले १३ तथा दीपेन्द्र सिंह ऐरीले ३५ रनको योगदान दिए ।

 

March 13, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डाविरुद्ध वुमेन्स कप टि ट्वान्टी सिरिजको खेलमा टस हारेको छ । युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यसै सिरिजमा यसअघिको युगान्डासँगको खेलमा भने नेपाल विजयी भएको थियो ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

Success

Thank you for your time.