7 years ago
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र युएई भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्न सफल भएको हो ।
युएईका लागि ओपनर अश्फाक अहमदले १ सय १४ रनको शतकीय पारी खेले । १ सय १० बलको सामना गर्दै उनले १० चौका र ३ छक्का पनि प्रहार गरेका थिए । उनलाई अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन बनाउँदै राम्रो साथ दिएका थिए । त्यस्तै आक्रामक ब्याटिङ्ग गर्दै शाइमन अनवरले ४० रन बनाएका थिए ।
आज नेपालको बलिङ अघिल्ला खेलहरु जस्तो प्रभावकारी रहन सकेन । नेपालका लागि वसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले एकएक विकेट लिए । त्यस्तै अर्को विकेट रन आउट मार्फत भएको थियो । शानदार ब्याटिङ गरिरहेका अश्फाकलाई सन्दिपले आउट गरेका थिए । सो विकेटसँगै सन्दिपको प्रतियोगितामा कुल १७ विकेट भयो ।
नेपाल केहि बेरमा ब्याटिङ गर्न उत्रिनेछ । नेपाल र युएई यसअघि नै विश्वकप छनोटमा प्रवेश गरिसकेका छन् । तर आजको विजेताले विश्वकप छनोटमा वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँगको समूहमा स्थान पाउनेछ भने उपविजेता अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँगको समूहमा रहनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]