7 years ago
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले टस जित्दै ब्याटिंग गर्ने निर्णय गरेको छ । राउन्ड रबिनका शीर्ष दुई टोली अहिले उपाधिका लागि भिड्दै छन् ।
हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो ।
डिभिजन २ को शिर्ष दुई टोली नेपाल र युएई दुवैले जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाई सकेका छन् । आजको विजेताले वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँगको समूहमा स्थान पाउनेछ भने उपविजेता अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँगको समूहमा रहनेछ । राउन्ड रोबिन र त्यस पश्चात नक-आउट प्रणालीमा खेलिने सो प्रतियोगिताका १० टोलीमध्ये शीर्ष दुई टोली इङ्ग्ल्यान्ड र वेल्समा हुने २०१९ विश्वकपमा छनोट हुने छन् ।
आज तेस्रो स्थानको खेलका लागि क्यानाडा र नामिबिया र पाँचौ र छैटौं स्थानका लागि केन्या र ओमान भिड्दै छन् । पाँचौ र छैटौं स्थानका दुवै टोली डिभिजन ३ मा घटुवा हुने भएकाले केन्या र ओमान डिभिजन ३ मा खेल्ने निश्चित भै सकेको छ ।
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको सुपर सिक्समा स्थान बनाउँन जित्नै पर्ने खेलमा नेपालले टस हारेको छ । मलेसियाको युकेएम क्रिकेट ओभलमा नेपालले अस्ट्रेलियाविरुद्ध टस हारेर बलिङको निम्तो पाएको हो । स्कटल्याण्डसँग सोमवार खेलेको नेपाली टोलीमा १ परिवर्तन गरिएको छ । स्कटल्याण्डविरुद्ध खेलेकी किरन कुँवर बेन्चमा रहँदा तृषना विकले मौका […]
January 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिमा हुने दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईंका अनुसार प्रतियोगिताको लागि खेल मैदानको स्तरोन्नति सकिएको छ भने पिच निर्माणको काम पूरा भएको प्रसाईंले जानकारी दिए । माघ ११ गतेदेखि १९ गतेसम्म बुद्धशान्ति–३ स्थित […]
January 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी यु १९ महिला विश्व कपको जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दैछ । नेपाल र अस्ट्रेलियाबिचको खेल मलेसियामा रहेको युकेएम क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुवै खेल हारेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग […]