default_image

7 years ago

February 15, 2018

उपाधिका लागि आज नेपाल युएईको सामना गर्दै

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको नेपालले उपाधिका लागि आज दोस्रो स्थानको युएईसँग खेल्दै छ । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । 

तस्बिर : रमन सिवाकोटी

युएईले हिजै नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको थियो । नेपालको ५ खेलमा ४ जितसहित ८ अंक रहेको छ भने युएई, क्यानाडा र नामिबियाको समान ६ अंक भएपनि नेट रन रेटको आधारमा युएई दोस्रो भएको हो ।

डिभिजन २ को शिर्ष दुई टोली नेपाल र युएई दुवैले जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाई सकेका छन् । आजको विजेताले वेष्ट इन्डिज, आयरल्यान्ड र नेदरल्यान्ड्ससँगको समूहमा स्थान पाउनेछ भने उपविजेता अफगानिस्तान, स्कटल्यान्ड र हङकङसँगको समूहमा रहनेछ । राउन्ड रोबिन र त्यस पश्चात नक-आउट प्रणालीमा खेलिने सो प्रतियोगिताका १० टोलीमध्ये शीर्ष दुई टोली इङ्ग्ल्यान्ड र वेल्समा हुने २०१९ विश्वकपमा छनोट हुने छन् ।

त्यस्तै तेस्रो स्थानको खेलका लागि आज नै क्यानाडा र नामिबिया र पाँचौ र छैटौं स्थानका लागि केन्या र ओमान भिड्ने छन् । पाँचौ र छैटौं स्थानका दुवै टोली डिभिजन ३ मा घटुवा हुने भएकाले केन्या र ओमान डिभिजन ३ मा खेल्ने निश्चित भै सकेको छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.