default_image

7 years ago

February 14, 2018

यस्तो रह्यो करनको ऐतिहासिक इनिंङ

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – करन केसीले आज जादुयी ब्याटिङ गर्दै नेपाललाई क्यानाडामाथि १ विकेटको रोमाञ्चक जित दिलाए । यस जितसँगै नेपालको २०१९ क्रिकेट विश्वकप खेल्ने सम्भावना पनि जीवित भएको छ ।

करन क्रिजमा आउँदा नेपालको ८ विकेटको क्षतिमा १ सय ४४ रन थियो । नेपाल आफ्नो लक्ष्यभन्दा ५१ रनले टाढा रहेको थियो । उनी क्रिजमा आएलगत्तै आरिफ शेख आउट हुंदा नेपालको सम्भावना सकिएको अनुमान गरिएको थियो । तर त्यस पश्चात उनको प्रदर्शन चमत्कारभन्दा कम थिएन ।

४४ औं ओभरमा उनले एक चौका र एक छक्का प्रहार गरे पनि ४६ औं ओभरसम्म पनि नेपालको जित्ने आशा कम देखिन्थ्यो । ४८ औं ओभर आइपुग्दा उनले क्यानाडाका परवेजलाई विशाल छक्का प्रहार गर्दै नेपालको आशा अझै जीवित भएको ठोस सङ्केत दिएका थिए । ४९ औं ओभरमा फेरि एक छक्का र एक चौका हिर्काउँदै नेपाललाई लक्ष्य नजिक पुर्‍याए ।

अन्तिम ओभरमा परवेजले उनलाई केहि दबाबमा राख्न सफल भएका थिए । ४ वटा डट बलपछि करनले अर्को विशाल छक्का प्रहार गरे र त्यसपछि पाएको वाइडबाट स्कोर बराबर भएको थियो । अन्तिम बलमा एक रन लिँदै उनले एक ऐतिहासिक जित सुनिश्चित गरे ।

उनलाई आफ्नो पारीभरि सन्दिप लामिछानेले १८ बलमा ५ रन जोड्दै राम्रो साथ दिएका थिए । एक दिवसीयमा सो सन्दिपको सर्वाधिक स्कोर पनि हो । करनको यस ऐतिहासिक पारीका लागि उनले म्यान अफ द म्याच त पाए नै, लाखौ नेपालीहरुको बधाई पनि पाए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.