7 years ago
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा विरुद्ध अद्भुत १ विकेटको जित दर्ता गर्दै नेपालले यहि मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ । सन् २०१९ को विश्वकपमा पुग्न अब नेपालले के गर्नु पर्छ जानौं:
आज युएईले नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको छ भने अग्रस्थानको नेपालको ५ खेलमा ४ जितसहित ८ अंक रहेको छ । डिभिजन-२ को विजेता भोलि हुने फाइनल खेलले निर्धारण गरे पनि नेपाल र युएई विश्वकप छनोटमा भने प्रवेश गरेका छन् ।
विश्वकप छनोटको अन्य टोलीहरुमा वेष्ट इन्डिज, अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ र पपुवा न्यु गिनी रहेका छन् । राउन्ड रोबिन र त्यस पश्चात नक-आउट फर्म्याटमा खेलिने सो प्रतियोगिताका १० टोलीमध्ये शीर्ष दुई टोली इङ्ग्ल्यान्ड र वेल्समा हुने २०१९ विश्वकपमा छनोट हुने छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]