7 years ago
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गरेको छ । यस जितसँगै नेपालको २०१९ विश्वकप खेल्ने सम्भावना पनि जीवित रहेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेटको शानदार जित दर्ता गर्यो ।
नेपालको टप अर्डर आज पनि चल्न सकेन । दिलिप नाथले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भए भने पारस खड्का खातै नखोली पभेलियन फर्के । शरद भेषवाकर पनि १ रनमा आउट भएका थिए । दीपेन्द्र ऐरीले भने १८ रनको योग्दान दिए ।
केन्याविरुद्ध महत्त्वपूर्ण साझेदारी गरेका आरिफ शेख र रोहित पौडेल आज पनि लयमा देखिए । रोहित २७ रनमा र आरिफ २६ रनमा आउट भएका थिए । तर दशौं नम्बरमा आएका करन केसीको चमत्कारी ब्याटिङमा नेपाल विजयी भयो ।करनले ४२ रन बनाउँदा अन्तिम विकेटका लागि सन्दिप लामिछानेले उनको राम्रो साथ दिएका थिए ।
यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले क्यानाडालाई ८ विकेटको क्षतिमा १ सय ९४ रनमै सीमित पारेको थियो । क्यानाडाका लागि ओपनर श्रीमन्थ विजेरत्नेले १ सय ३ रनको शानदार पारी खेले । उच्च लयमा रहेका रुभिन्दु गुनसेकरा र कप्तान नितिश कुमार पनि आज सस्तैमा आउट भएका थिए ।
आज नेपालका लागि बलिङमा नायक वसन्त रेग्मी रहे । उनले महत्त्वपूर्ण समयहरुमा ३ विकेट लिएका थिए । त्यस्तै आज सन्दिप लामिछानेलाई भने घुंडाको चोटले सतायो । चोटिल हुनु अघि ५ ओभरमा ७ रन खर्चेका सन्दिपले चोटपछि मैदान फर्किँदा केही महँगो सावित भए । करन केसी र शरद भेषवाकरले पनि एकएक विकेट लिएका थिए ।
अब नेपालसहित युएई र नामिबिया मध्ये एक टोलीले मार्चमा जिम्बावेमा हुने विश्व कप छनोटमा भाग लिने छ । विश्वकप छनोटको अन्य टोलीहरुमा वेष्ट इन्डिज, अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ र पपुवा न्यु गिनी रहेका छन् । यी १० टोलीमध्ये शीर्ष दुई टोली २०१९ विश्वकपमा छनोट हुने छन् ।
९:४० मा समाचार सच्याइएको ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]