default_image

7 years ago

February 14, 2018

राइनोज क्रिकेट क्लबको दोस्रो जित

85 views

0 Bookmark

भैरहवा (हाम्रो खेलकुद) – नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार बुटवल राइनोज क्रिकेट क्लबले लर्डबुद्ध क्रिकेट क्लब भैरहवालाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ । बुटवल राइनोजले फागुन ९ गते बुम एमसिसी क्रिकेट क्लब भैरहवासँग प्रतिस्पर्धा गर्ने छ । उक्त खेलमा विजयी टिम डिभिजन ए मा प्रवेश गर्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

बुधबार ८५ रनको लक्ष्य पाएको बुटवल राइनोजले निर्धारित ५० ओभरको खेलमा १५.२ ओभर खेल्दै ५ विकेटको क्षतिमा ८७ रन बनाएर जित हासिल गरेको थियो । टोलीका लागि बल्लु आचार्यले अविजित २१ र राहुल भट्टराईले १२ रन बनाए । लर्डबुद्धका विन्ध्याचल पालले २, सुनिल थापा र दामोदर शर्माले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लर्डबुद्धले २६.४ ओभरमा सबै विकेट गुमाएर ८४ रन मात्रै बनाएको थियो ।उसका लागि शैलेन्द्र यादवले १९ र सागर न्यौपानेले १३ रन बनाए । अन्य ब्याट्सम्यान नचल्दा टोलीले हार व्यहो¥यो । लर्डबुद्धलाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याच समेत रहेका बुटवल राइनोजका अर्जुन रेग्मीले ह्याट्रिकसहित ३ विकेट लिए भने बब्लु आचार्य र प्रदीप बेल्बासेले समान ३ विकेट लिए ।

डिभिजन बी अन्तर्गत बिहीबार लुम्बिनी कसाई क्रिकेट क्लब लुम्बिनी र गोलपार्क क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने संघका सचिव संजय गुरुङले बताए । प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ । जसमा (ए) डिभिजनका ८ क्लब छन् भने (बी) डिभिजनका १३ क्लब छन् । प्रतियोगिताको सुरुमा (बी) डिभिजनका क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा विजेता क्लबले ७० हजार र दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स म्यानले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले १ हजार रुपैयाँ पाउनेछन् । नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्सले सहप्रायोजन गरेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.