default_image

7 years ago

February 14, 2018

विजेरत्नेको शतकमा क्यानाडाको १ सय ९४ रन, वसन्तको ३ विकेट

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत आजको महत्त्वपूर्ण खेलमा नेपाल र क्यानाडा भिड्दै छन् । टस जितेर पहिले बलिङ रोजेको नेपालले क्यानाडालाई ८ विकेटको क्षतिमा १ सय ९४ रनमै सीमित गर्न सफल भएको छ ।

क्यानाडाका लागि ओपनर श्रीमन्थ विजेरत्नेले १ सय ३ रनको शानदार पारी खेले । विजेरत्नेबाहेक क्यानाडाका अन्य ब्याट्सम्यान क्रिजमा धेरै समय टिक्न सकेनन् । उच्च लयमा रहेका रुभिन्दु गुनसेकरा र कप्तान नितिश कुमार पनि आज सस्तैमा आउट भएका थिए ।

आज नेपालका लागि बलिङमा नायक वसन्त रेग्मी रहे । उनले महत्त्वपूर्ण समयमा ३ विकेट लिएका थिए । त्यस्तै आज सन्दिप लामिछानेलाई भने घुंडाको चोटले सतायो । चोटिल हुनु अघि ५ ओभरमा ७ रन खर्चेका सन्दिपले चोटपछि मैदान फर्किँदा केही महँगो सावित भए ।

करन केसी र शरद भेषवाकरले पनि एकएक विकेट लिएका थिए । नेपाल केहि बेरमा ब्याटिङ गर्न उत्रिनेछ । नेपाललाई विश्वकपमा छनोट हुन यस खेल जित्नै पर्ने दवाव रहेको छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.